काठमाडौं।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको छ। बिहान ५:४५ बजे लिइएको यो मापन हिजो बिहीबारको तुलनामा बढी हो। हिजो उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको थियो। महाशाखाका मौसमविद् अनुप नेपालका अनुसार आज बिहान ८:४५ बजे वास्तविक न्यूनतम तापक्रम पुनः मापन गरिनेछ। त्यसबेला तापक्रममा सामान्य गिरावट आउने सम्भावना रहे पनि कहिलेकाहीँ सुरुवातमा मापन गरिएको तापक्रम नै कायम रहन सक्ने उनले बताए। मौसम पूर्वानुमान महाशाखाले दैनिक रूपमा काठमाडौँसहित देशभरका विभिन्न स्थानको तापक्रम मापन गर्ने गर्दछ। महाशाखाको तालिका अनुसार न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था र अधिकतम तापक्रमले दिनभरको तापक्रमको स्थिति जनाउँछ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस

Read Complete Original Article
Published originally on नेपालन्युज






