Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

काठमाडौँको तापक्रम ८ डिग्रीमा झर्यो, चिसो बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँको तापक्रम ८ डिग्रीमा झर्यो, चिसो बढ्दै
Photo / Coverage: नेपालन्युज

काठमाडौं। काठमाडौँ उपत्यकामा दिनप्रतिदिन चिसो बढ्दै गएको छ। बिहीबार बिहानको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो। सूर्योदयसम्म न्यूनतम तापक्रम थप घट्न सक्ने सम्भावना रहेको उनले बताए। महाशाखाले बिहान ५:४५ र ८:४५ बजे गरी दुई पटक न्यूनतम तापक्रम मापन गर्ने गर्दछ। बुधबार काठमाडौँको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो। बुधबार काठमाडौँका विभिन्न स्थानमा वर्षा भएको थियो। मौसमविद् ढकालका अनुसार त्रिभुवन विमानस्थल क्षेत्रमा ३३.५ मिलिमिटर र बबरमहल क्षेत्रमा ११.२ मिलिमिटर वर्षा मापन गरिएको थियो। १० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ। उपत्यकाका अन्य स्थानमा भने हल्का वर्षा भएको थियो। आज भने काठमाडौँमा पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ। मौसमविद् ढकालले आजको मौसम सामान्यतया घमाइलो रहने र कहिलेकाहीँ बादल देखिन सक्ने बताए। हाल काठमाडौँ उपत्यकासहित देशभर नै तापक्रम घट्ने क्रममा रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहेँलपुर तोरीबारी
Latest NewsJust now

पहेँलपुर तोरीबारी

काभ्रेपलान्चोकको पनौती नगरपालिका–९ स्थित सुनथानमा फुलेर पहेँलपुर बनेको तोरीबारी। ...

हाम्राकुरा
साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी
Latest NewsJust now

साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी

बागलुङ । बसाइँसराइले गाउँ सुनसानप्रायः छ । वरपरका टोल र छिमेकी पनि गाउँ छाडेर सहर झर्न थालेका छन् । तर, बागलुङको जैमिनी नगरपालिका–२, दमेकका मातृकाप्रसाद शर्मा भने गाउँमै अडिएका छन् । साउदी... ...

रातोपाटी
खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद
Latest NewsJust now

खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सिरहा । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीचमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play