काठमाडौँका विभिन्न स्थानमा ८ दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि कात्तिक १३ गतेदेखि २० गतेसम्म विद्युत् अवरुद्ध हुने भएको हो। प्राधिकरणका अनुसार बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ। प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भिजन कोलोनी क्षेत्रमा विद्युत् कटौती हुनेछ। कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ। त्यसैगरी, कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ। कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्रमा र कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजार क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् बन्द हुनेछ। कात्तिक १९ गते स्युचाटार एस.एस. फिडरअन्तर्गत हाज्मा पुल क्षेत्रमा र कात्तिक २० गते पुनः सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप
• संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति गर्ने तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव पारित गरेको छ। • यस निर्णयले नेपाललाई आवश्यक संरचनात्मक र संस्थागत सुधार गर्न थप समय प्रदान गर्नेछ, जसले उत्पादन क्षमता, संस्थागत सुदृढीकरण र आर्थिक-सामाजिक रूपान्तरणमा मद्दत गर्नेछ। • नेपालले स्तरोन्नतिपछि सहज संक्रमण सुनिश्चित गर्न रणनीति तयार गर्ने ...

बाहिरबाट फूल ल्याउने बाध्यता घटाउने लक्ष्य, गाउँमै सयपत्री खेती
तनहुँको आँबुखैरेनी गाउँपालिका३ आँबुगाउँका ६ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने ...

नागरिकता प्रमाणपत्रको प्रतिलिपि जहाँबाट पनि लिन सकिने
यसअघि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानुपर्ने अवस्थालाई सहज बनाउँदै नयाँ नियमावलीले अन्य जिल्लाबाट समेत सेवा लिन सक्ने बाटो खोलेको हो । ...

चक्रवात ‘अर्नब’ को प्रभाव : कोशी र नारायणीसहित प्रमुख नदी जलाधारमा बाढीको जोखिम
काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...


