Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि, प्रदेशमा कहिले ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि, प्रदेशमा कहिले ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका लगभग टुंगो लगाएको छ । पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए । सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो । बाँकी जिल्लाहरूमा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन हुनेछ । यद्यपि, निर्वाचन समितिले सम्बन्धित जिल्ला कार्यसमितिसँगको सल्लाहमा कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा मितिमा सामान्य हेरफेर गर्न सक्ने लचकतासमेत राखिएको छ । यसैगरी, पार्टीको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेको बीचमा सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ । सभापति थापाले सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक–दुई दिनको फरक पारेर सञ्चालन गरिने स्पष्ट पारेका छन् । सबै प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू स्वयं उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक–फरक राख्न लागिएको हो । सबै मितिको अन्तिम टुंगो लगाएर घोषणा भने निर्वाचन समितिले सबै जिल्ला समिति तथा प्रदेश समितिसँग परामर्श गरेपछि भोलिसम्ममा गर्ने पनि सभापति थापाले स्पष्ट पारे । पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै काङ्ग्रेसले देशभरका ७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्नुका साथै जिल्ला र प्रदेश अधिवेशनमार्फत संगठन सुदृढीकरणलाई तीव्रता दिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान
Latest NewsJust now

गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाली स्तरमा प्रतिष्ठित ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ। दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघद्वारा आयोजित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत... ...

रातोपाटी
रारामा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च
Latest NewsJust now

रारामा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च

हरिकृष्ण ऐडीमुगु, मङ्सिर १४ गते । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा पुर्‍याइएको छ ।राष्ट्रिय खेलकुदको प्रच... ...

गोरखापत्र
महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनल प्रवेश
Latest NewsJust now

महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनल प्रवेश

टस जितेर ब्याटिङको निम्तो पाएको आर्मीले सुदूरपश्चिमलाई ६९ रनमै रोक्न सफल भयो । जवाफी ब्याटिङ थालेको आर्मीले १० ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । ...

कान्तिपुर
४ वर्षमा १७ पटक गरी कुल १ अर्ब ६९ करोड रुपैयाँ पुर्‍याइयो मलेसिया
Latest NewsJust now

४ वर्षमा १७ पटक गरी कुल १ अर्ब ६९ करोड रुपैयाँ पुर्‍याइयो मलेसिया

काठमाडौँ । मलेसिया जाने श्रमिकबाट मेडिकलको नाममा उठाएको रकम चार वर्षमा १७ पटक मलेसिया पठाएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानले मलेसिया जाने ७ लाख ५० हजार ९८८... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement