Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू

Share:WhatsAppFacebookX (Twitter)Telegram
कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू
Photo / Coverage: टेक्नोलोजी खबर

कृत्रिम बौद्धिकता (एआई) साधारण च्याटबटबाट अगाडि बढ्दै आफैँ निर्णय लिन र कार्य सम्पादन गर्न सक्ने ‘एजेन्टिक एआई’ युगमा प्रवेश गरेसँगै दक्षिण एसियाली संस्थाहरूमा कागजी नीति र वास्तविक सुरक्षा कार्यान्वयनबीचको खाडल चुनौतीका रूपमा देखिएको छ। यही चुनौतीलाई सम्बोधन गर्दै ईसी-काउन्सिल र दक्षिण एसिया क्षेत्रको समर्पित साइबर सुरक्षा कम्पनी वान कभर प्रा.लि.ले संस्थाहरूलाई कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ लैजान रणनीतिक पहल सुरु गरेका छन्। ईसी-काउन्सिलका सार्क सिनियर कन्ट्री म्यानेजर श्रीकान्त अक्कुलाद्वारा प्रस्तावित तथा वान कभर प्रा.लि.का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चिरन्जिबी अधिकारी सहितको जीआरसी टिम मार्फत कार्यान्वयनमा ल्याउन लागिएको ईसी-काउन्सिल एडीजी फ्रेमवर्कले नेपालका उद्यम, बैंक तथा वित्तीय संस्था र सरकारी निकायहरूलाई एजेन्टिक एआई सुरक्षित रूपमा सञ्चालन गर्ने स्पष्ट मार्गचित्र प्रदान गर्दछ। एजेन्टिक युगका लागि व्यावहारिक एडीजी फ्रेमवर्क ईसी-काउन्सिलको एडीजी फ्रेमवर्क एजेन्टिक एआई युगका लागि तयार पारिएको एक खुला र व्यावहारिक एआई गभर्नेन्स ढाँचा हो। विश्वभरका अग्रणी एआई, सुरक्षा र गभर्नेन्स विज्ञहरूको सहकार्यमा निर्मित यस फ्रेमवर्कले एआई नीति र प्राविधिक सुरक्षालाई एउटै संरचनामा एकीकृत गर्दछ: १२ कन्ट्रोल फेमिली: एआई प्रणालीको डिजाइन र डेटा संकलनदेखि रनटाइम सुरक्षा र फरेन्सिक अनुसन्धानसम्मको सम्पूर्ण जीवनचक्र समेट्ने १२ मुख्य क्षेत्रहरू। १८०+ अपरेसनल कन्ट्रोल र ७२०+ मापदण्डहरू: दैनिक कार्यसञ्चालनमा लागू गर्न सकिने १८० भन्दा बढी कन्ट्रोल र ७२० भन्दा बढी स्पष्ट प्राविधिक तथा नीतिगत आवश्यकताहरू। तीन एकीकृत आधारस्तम्भ: एडप्टले कुन एआई प्रणाली सुरक्षित रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने निर्णय गर्छ; डिफेन्डले प्रम्प्ट इन्जेक्सन र साइबर आक्रमणविरुद्ध रनटाइम सुरक्षा प्रदान गर्छ; र गभर्नले सञ्चालक समिति तथा नियामक निकायहरूप्रति जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्दछ। एउटै प्रमाण, अनेक नियामक समाधान नियामक निकाय, आन्तरिक लेखापरीक्षक र सुरक्षा टोलीहरूले एउटै विषयमा फरक–फरक मापदण्डअनुसार प्रश्न सोध्दा संस्थाहरूलाई दोहोरो प्रशासनिक भार पर्ने गर्दछ। एडीजी फ्रेमवर्कको “एभिडेन्स वन्स. आन्सर मेनी” प्रणालीले यस समस्याको समाधान गर्दछ: ९०+ अन्तर्राष्ट्रिय मापदण्डहरूसँग आबद्धता: एडीजीका १८०+ कन्ट्रोलहरू ६ वटा क्षेत्रका ९० भन्दा बढी विश्वस्तरीय मापदण्ड, कानुन र थ्रेट क्याटलगहरूसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। जसमा एनआईएसटी एआई आरएमएफ, आईएसओ/आईईसी ४२००१, ईयू एआई एक्ट, एमआईटीआरई एटीएलएएस, एमआईटीआरई एटीटीएण्डसीके र ओडब्लूएएसपी टप १० फर एलएलएम एण्ड एजेन्टिक एप्लिकेशन्स प्रमुख छन्। निरन्तर र स्वचालित प्रमाण संकलन: यस प्रणालीले एडमिट, डिसाइड, एमिट र कमिट गरी चार रनटाइम चरणहरूमा काम गर्छ, जसले एआई एजेन्टको पहिचान, समय, नीतिगत जाँच र मानवीय स्वीकृतिको अभिलेख स्वचालित रूपमा सुरक्षित राख्छ। फलस्वरूप, अडिटको समयमा छुट्टै अनुसन्धान नगरी तुरुन्तै प्रमाणित विवरण पेश गर्न सकिन्छ। नेपालमा एआई गभर्नेन्सको स्थानीय कार्यान्वयनकुनै पनि संस्थाले एआई गभर्नेन्स सुरु गर्न आफ्नो सम्पूर्ण प्रविधि संरचना रातारात परिवर्तन गर्नुपर्दैन। एडीजीले संस्थाको वर्तमान अवस्थाको मूल्याङ्कन गरी ३०, ६० र ९० दिनको स्पष्ट कार्ययोजना प्रदान गर्दछ। सार्क सिनियर कन्ट्री म्यानेजर श्रीकान्त अक्कुलाको प्रस्ताव तथा वान कभर प्रा.लि.को जीआरसी टोली को प्राविधिक नेतृत्वमा अब नेपाल र दक्षिण एसियाका संस्थाहरूले स्थानीय स्तरमै एआई गभर्नेन्स तयारी मूल्याङ्कन, ग्याप एनालाइसिस र कार्यान्वयन परामर्श प्राप्त गर्नेछन्। ईसी-काउन्सिलको विश्वस्तरीय मापदण्ड र वान कभरको क्षेत्रीय साइबर सुरक्षा विशेषज्ञताको यो संयोजनले दक्षिण एसियाली संस्थाहरूलाई सुरक्षित, विश्वसनीय र अन्तर्राष्ट्रिय नियमसम्मत एआई रूपान्तरणतर्फ अघि बढाउने विश्वास लिइएको छ। The post कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
TechnologyJust now

पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको हो। स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन्। स्मार्टफोन खरिदमा मात्र सीमित नभई ग्राहकलाई शाओमीका विभिन्न प्रविधि र ...

टेक्नोलोजी खबर
एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान
TechnologyJust now

एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गरेका छन्। उनले एआई प्रणालीको सुरक्षा मूल्याङ्कन तथा यसको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। बार्बाडोसको राजधानी ब्रिजटाउनमा आयोजित एआई सुरक्षा सम्बन्धी विशेष शिखर सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले एआईले स्वास्थ्य, शिक्षा र वैज्ञानिक अनुसन्धानका ...

टेक्नोलोजी खबर
१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए
TechnologyJust now

१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए

नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ क्रिएटिभ अवार्ड २०८३ का लागि निर्णायक मण्डल गठन गरेको छ। विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङलगायत विभिन्न क्षेत्रका विज्ञहरू समेटेर निर्णायक मण्डल गठन गरिएको संघले जनाएको छ। संघका अनुसार निर्णायक मण्डलको अध्यक्षमा प्रा. डा. विजय कुमारी केसी तथा बाह्य निर्णायकका रूपमा रविन्द्रमान श्रेष्ठ र भारती सिग्देल निरौला रहेका छन्। यस वर्षको क्रिएटिभ अवार्डका लागि विज्ञापन, ...

टेक्नोलोजी खबर
सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक
TechnologyJust now

सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक

अनरको नयाँ स्मार्टफोन सार्वजनिक हुँदा त्यसले हलिउडसँग आफ्नो सम्बन्ध देखाउने प्रयास गर्नु सामान्यजस्तै बनेको छ। नयाँ म्याजिक ९ प्रो म्याक्स सार्वजनिक गर्दै चिनियाँ कम्पनी अनरले फेरि एकपटक मोबाइल सिनेमाटोग्राफीको परिभाषा बदल्ने दाबी गरेको छ। एरिसँगको सहकार्यबाट लाभ लिने यो अनरको पहिलो वास्तविक फ्ल्यागसिप फोन हो। यसअघि रोबोट फोनले मात्रै यस्तो सहकार्यको लाभ पाएको थियो। जर्मनीको एरि कम्पनीले एलेक्सा सिनेमा क्यामेरा निर्माण ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement