Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस पार्टी र नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार छौँ : विश्वप्रकाश शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस पार्टी र नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार छौँ : विश्वप्रकाश शर्मा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी र पार्टी नेतृत्वमाथि उठेका प्रश्न तथा आरोपको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ । उहाँले कांग्रेस र साे पार्टीका नेताहरूविरुद्ध षड्यन्त्र सुरु भएको उल्लेख गर्दै त्यस्ता प्रयासलाई चिर्न पार्टी सक्षम रहेको स्पष्ट पार्नुभयाे । आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपसभापति शर्माले कांग्रेसमाथि उठाइएका प्रश्नबाट पार्टी पछि नहट्ने बताउनुभयो । ‘कांग्रेसमाथि उठ्ने, नेतृत्वको बारेमा उठ्ने र उठाइने प्रत्येक प्रश्नलाई सामना गर्न तथा जस्तोसुकै छानबिन गर्नका लागि पार्टी तयार छ । जस्तोसुकै षड्यन्त्र चिर्नका लागि पनि तयार छ,’ उहाँले भन्नुभयो । शर्माले पछिल्लो समय सार्वजनिक भएका विभिन्न घटनाक्रमको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान हुनुपर्ने मागसमेत गर्नुभयाे । कुनै पनि घटनालाई राजनीतिक आग्रह वा पूर्वाग्रहका आधारमा नभई विधि र कानुनअनुसार छानबिन गरिनुपर्ने उहाँको भनाइ थियो । ‘जे जति प्रसङ्ग उठेका छन्, यी सबै घटनाको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गरियोस्,’ उहाँले भन्नुभयो । वरिष्ठ उपसभापति शर्माले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको इनम सापकोटाको मोबाइल प्रकरणप्रति पनि गम्भीर प्रश्न उठाउनुभयाे । प्रहरीले नियन्त्रणमा लिइसकेको भनिएको बिचौलिया सापकोटाको मोबाइल फरेन्सिक परीक्षणका लागि पठाउनुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको घरमा दुई दिनसम्म राखिएको विषय सार्वजनिक भएको उल्लेख गर्दै उहाँले अनुसन्धान प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउनुभयो । ‘एकजना बिचौलियाको मोबाइल प्रहरीले कब्जा गरिसकेपछि प्रधानमन्त्रीका सल्लाहकारको घरमा पुगेको भनेर तपाईंहरूले समाचार लेख्नुभएको छ । किन पुग्यो ? यो अवधिमा त्यहाँ के भयो ? त्यहाँ कुन त्यस्तो तथ्य मेटाउनु थियो ? यो कुन विधि, कुन पद्धति र कुन मर्यादाबमोजिमको अनुसन्धान प्रक्रिया हो ?’ उहाँले प्रश्न गर्नुभयो । शर्माले अनुसन्धानको दायरामा रहेको प्रमाणलाई सम्बन्धित सरकारी निकायको नियन्त्रणबाहिर राखिएको विषय सामान्य रूपमा लिन नसकिने बताउँदै यसबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रकरणमा सम्बन्धित कर्मचारीलाई हटाइएको विषयप्रति पनि उहाँले आपत्ति जनाउनुभएको छ । सरकारी निर्णय तथा प्रशासनिक प्रक्रियामा राजनीतिक प्रभाव र हस्तक्षेप हुन नहुने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री कार्यालयको भूमिकामाथि प्रश्न उठाउनुभयो । ‘प्रधानमन्त्री कार्यालयलाई श्रम शिविर बनाएको हो ? देशको प्रधानमन्त्री कार्यालय श्रम शिविर हो ?’ उहाँले प्रश्न गर्नुभयो । यसैगरी, सरकारको नियन्त्रणमा रहेका भनिएका इनम सापकोटामार्फत सरकारअनुकूलको रेकर्ड गराएर बाहिर ल्याइएको शर्माको आरोप छ । उक्त रेकर्डिङको विषयमा समेत निष्पक्ष छानबिन हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । शर्माले पछिल्ला घटनाक्रमलाई अलग-अलग रूपमा मात्र नभई समग्र रूपमा हेरेर अनुसन्धान गर्नुपर्ने बताउँदै राज्यका निकायको विश्वसनीयता कायम राख्न निष्पक्षता र कानुनी प्रक्रियाको पालना अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयाे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू’ : रक्षा बम
PoliticsJust now

‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू’ : रक्षा बम

काठमाडौं, कात्तिक १८ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै आफूलाई राज्य, संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देश सञ्चालन हुन नसक्ने टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले प्रधानमन्त्री शाहलाई विगतका शासकहरूको अहंकार र स्वेच्छाचारिताबाट पाठ सिक्न आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको कार्यशैलीमा अहंकार र स्वेच्छाचारिता कायम रहे जनताले ...

जनताटाइम्स
आईजीपी परिवर्तन बारे केपी ओलीको प्रतिक्रिया :  सरकारले अह्राएको काम गर्छ भनेर बनाएकाे होला
PoliticsJust now

आईजीपी परिवर्तन बारे केपी ओलीको प्रतिक्रिया :  सरकारले अह्राएको काम गर्छ भनेर बनाएकाे होला

काठमाडौं, कात्तिक १८। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने सरकारको निर्णयबारे टिप्पणी गर्नुभएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर डा. केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयबारे ...

जनताटाइम्स
अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकनलाई ठूलो धक्का : ओबामाको डेमोक्रेटिक पार्टीको नियन्त्रणमा पुग्यो दुवै सदन
PoliticsJust now

अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकनलाई ठूलो धक्का : ओबामाको डेमोक्रेटिक पार्टीको नियन्त्रणमा पुग्यो दुवै सदन

वासिङ्टन, कात्तिक १८ । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो राजनीतिक धक्का बेहोर्नुपरेको छ । पूर्वराष्ट्रपति बाराक ओबामाको पार्टी डेमोक्रेटिकले संसद्का दुवै सदन–प्रतिनिधिसभा र सिनेटमा नियन्त्रण कायम गर्ने सफलता हासिल गरेको छ । निर्वाचन परिणामले ट्रम्प प्रशासनप्रति अमेरिकी मतदाताको असन्तुष्टि स्पष्ट पारेको छ । रिपब्लिकन पार्टीले आफ्नो परम्परागत प्रभाव रहेका राज्यहरूमा समेत महत्वपूर्ण सिट गुमाएको छ । ...

जनताटाइम्स
विश्वप्रकाशले सरकारलाई सोधे – नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा कांग्रेसको बदनाम गर्न मिल्छ ?
PoliticsJust now

विश्वप्रकाशले सरकारलाई सोधे – नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा कांग्रेसको बदनाम गर्न मिल्छ ?

सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गर्दै कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play