Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू’ : रक्षा बम

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू’ : रक्षा बम
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १८ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै आफूलाई राज्य, संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देश सञ्चालन हुन नसक्ने टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले प्रधानमन्त्री शाहलाई विगतका शासकहरूको अहंकार र स्वेच्छाचारिताबाट पाठ सिक्न आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको कार्यशैलीमा अहंकार र स्वेच्छाचारिता कायम रहे जनताले समेत साथ छाड्ने चेतावनी दिनुभएको छ । ‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू ! विगतका प्रधानमन्त्रीहरूको यही अहंकार र आफूलाई संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देशलाई कहाँ पुर्‍यायो भन्ने इतिहास बिर्सनुभयो ?’ बमले प्रश्न गर्नुभएको छ । उहाँले प्रधानमन्त्री शाहलाई आफ्नै पार्टीभित्रसमेत पर्याप्त साथ नरहेको दाबी गर्दै वर्तमान कार्यशैली नसुधारे जनताको समर्थनसमेत गुम्न सक्ने टिप्पणी गर्नुभएको छ । ‘आज तपाईंसँग तपाईंकै पार्टी पनि उभिएको छैन । यही अहंकार र स्वेच्छाचारिता कायम रहिरह्यो भने एक दिन जनताले पनि तपाईंको साथ छोड्नेछन्,’ उहाँले लेख्नुभएको छ । बमले पछिल्लो समय चर्चामा रहेको बिचौलिया भनिएका इनम सापकोटाको मोबाइल नियन्त्रण र त्यससँग जोडिएको घटनालाई समेत आफ्नो अभिव्यक्तिमा समेट्नुभएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई लक्षित गर्दै उहाँले आफूखुसी दुई दिनसम्म मोबाइल नियन्त्रणमा राखेर प्रमाण मेटाइएको सूचना बाहिरिएपछि सरकार पक्ष आत्तिएको टिप्पणी गर्नुभएको छ । ‘हिजो तपाईंका चाणक्यले आफूखुसी दुई दिनसम्म बिचौलिया भनिएका इनमको फोन कब्जामा लिएर प्रमाणहरू मेटाएको सूचना बाहिरिएपछि तपाईंहरू आत्तिनुभएको कुरा जनजनले बुझेका छन्,’ बमले फेसबुकमा लेख्नुभएको छ । उहाँले प्रधानमन्त्रीलाई इतिहासले अहंकारमा रहेका ठूला व्यक्तिहरूलाई समेत समयक्रममा पाठ सिकाएको स्मरण गराउँदै वर्तमान नेतृत्व पनि त्यसबाट अछुतो नरहने टिप्पणी गर्नुभएको छ । ‘मलाई साँच्चै तपाईंप्रति दया लाग्छ । इतिहासले तपाईंभन्दा ठूला अहंकारहरूलाई पनि झुकाएको छ । तपाईंको अहंकार पनि त्यसको अपवाद हुने छैन,’ उहाँले लेख्नुभएको छ । प्रधानमन्त्रीको कार्यशैली, राज्य संयन्त्रको प्रयोग र इनम सापकोटाको मोबाइल प्रकरणलाई लिएर राजनीतिक वृत्तमा बहस भइरहेका बेला जेनजी अभियन्ता बमको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उहाँले आफ्नो धारणामार्फत सरकारलाई संविधान, विधिको शासन र जनताको विश्वासलाई सर्वोपरि राखेर अघि बढ्न आग्रह गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपी परिवर्तन बारे केपी ओलीको प्रतिक्रिया :  सरकारले अह्राएको काम गर्छ भनेर बनाएकाे होला
PoliticsJust now

आईजीपी परिवर्तन बारे केपी ओलीको प्रतिक्रिया :  सरकारले अह्राएको काम गर्छ भनेर बनाएकाे होला

काठमाडौं, कात्तिक १८। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने सरकारको निर्णयबारे टिप्पणी गर्नुभएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर डा. केसीलाई नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयबारे ...

जनताटाइम्स
अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकनलाई ठूलो धक्का : ओबामाको डेमोक्रेटिक पार्टीको नियन्त्रणमा पुग्यो दुवै सदन
PoliticsJust now

अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकनलाई ठूलो धक्का : ओबामाको डेमोक्रेटिक पार्टीको नियन्त्रणमा पुग्यो दुवै सदन

वासिङ्टन, कात्तिक १८ । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो राजनीतिक धक्का बेहोर्नुपरेको छ । पूर्वराष्ट्रपति बाराक ओबामाको पार्टी डेमोक्रेटिकले संसद्का दुवै सदन–प्रतिनिधिसभा र सिनेटमा नियन्त्रण कायम गर्ने सफलता हासिल गरेको छ । निर्वाचन परिणामले ट्रम्प प्रशासनप्रति अमेरिकी मतदाताको असन्तुष्टि स्पष्ट पारेको छ । रिपब्लिकन पार्टीले आफ्नो परम्परागत प्रभाव रहेका राज्यहरूमा समेत महत्वपूर्ण सिट गुमाएको छ । ...

जनताटाइम्स
कांग्रेस पार्टी र नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार छौँ : विश्वप्रकाश शर्मा
PoliticsJust now

कांग्रेस पार्टी र नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी र पार्टी नेतृत्वमाथि उठेका प्रश्न तथा आरोपको सामना गर्न कांग्रेस तयार रहेको बताउनुभएको छ । उहाँले कांग्रेस र साे पार्टीका नेताहरूविरुद्ध षड्यन्त्र सुरु भएको उल्लेख गर्दै त्यस्ता प्रयासलाई चिर्न पार्टी सक्षम रहेको स्पष्ट पार्नुभयाे । आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपसभापति ...

जनताटाइम्स
विश्वप्रकाशले सरकारलाई सोधे – नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा कांग्रेसको बदनाम गर्न मिल्छ ?
PoliticsJust now

विश्वप्रकाशले सरकारलाई सोधे – नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा कांग्रेसको बदनाम गर्न मिल्छ ?

सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गर्दै कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play