काठमाडौं, कात्तिक २८। नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट महेशलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार श्रेष्ठलाई चोलेन्द्र शमशेर जवरा प्रकरणमा समातिएका विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको हो । महेशका दाजु उमेश श्रेष्ठ कांग्रेसका पूर्वकोषाध्यक्ष हुनुहुन्छ भने हाल कांग्रेस सभापति गगन थापाका खास भित्रिया नेताका रुपमा रहनुभएको छ । इनमले उमेश श्रेष्ठमार्फत नै देउवादेखि गगन थापासम्म पहिचान बनाएको र कांग्रेसको बिशेष महाधिवेशनमा १८ करोडमा बैधता दिने काम भएको भन्दै अडियो बाहिर आएको छ । सोही प्रकरणमा छानविन हुँदा इनम र महेशबीच निरन्त सम्पर्क र कारोवार भएको भेटिएपछि पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । पक्राउ परेका महेशसँग विचौलिया सापकोटाको बैंकिङ कारोबार देखिएको छ । महेश पक्राउ परेपछि कांग्रेस नेता उमेशदेखि सभापति गगन थापासम्मलाई तनाव थपिएको छ । आरोप लागेकै ब्यक्तिको परिवारसँग कारोवार देखिएपछि प्रश्न मात्र नभई हकिकत हो कि भन्ने महसुस कांग्रेसीजनले नै गर्न थालेका छन ।
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ, इनम सापकोटासँग निरन्तर सम्पर्क र कारोबार देखियो

Read Complete Original Article
Published originally on जनताटाइम्स






