Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar
मधेसमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मङ्सिर ४ गतेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेसमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मङ्सिर ४ गतेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
Photo / Coverage: जनताटाइम्स
जनकपुरधाम, कात्तिक २८ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।
प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई आफ्नो दाबी पेस गर्न आह्वान गरेको छ।
मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिनुभएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज स्वीकृत गर्नुभएको हो। राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढाउनुभएको छ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सोही व्यवस्थाबमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको हो।
प्रदेश प्रमुखको कार्यालयले इच्छुक प्रदेशसभा सदस्यलाई २०८३ साल मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि आवश्यक समर्थनसहित आफ्नो दाबी पेस गर्न समयसीमा तोकेको छ।
अब तोकिएको समयभित्र कुन दल वा गठबन्धनले बहुमत जुटाएर सरकार गठनको दाबी पेस गर्छ भन्ने विषयले मधेस प्रदेशको आगामी राजनीतिक समीकरण निर्धारण गर्नेछ। सरका गठनकाे लागि नेकपा एमाले, नेकपा र जनमत पार्टी छलफलमा छन् ।
Share:WhatsAppFacebookX (Twitter)Telegram
Read Complete Original Article
Published originally on जनताटाइम्स
Visit Publisher Site →
Related News
🇳🇵 Nepal
विराटनगर पराजित भएपछि लुम्बिनी सहित प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्यो
PoliticsJust now
विराटनगर पराजित भएपछि लुम्बिनी सहित प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्यो
काठमाडौं, कात्तिक २८। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सको यात्रा समूह चरणमै समाप्त भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगर प्लेअफ दौडबाट बाहिरिएको हो। यससँगै प्रतियोगिताको प्लेअफमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। यता पोखरा एभेन्जर्स, कर्णाली ...
जनताटाइम्स
एनपिएलको प्लेअफ समीकरण पूरा : लुम्बिनी, सुदूरपश्चिम, काठमाण्डू र चितवन प्लेअफमा
PoliticsJust now
एनपिएलको प्लेअफ समीकरण पूरा : लुम्बिनी, सुदूरपश्चिम, काठमाण्डू र चितवन प्लेअफमा
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को प्लेअफ समीकरण पूरा भएको छ । प्रतियोगितामा सहभागी आठ टोलीमध्ये चार टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका हुन् । शनिबार विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेसँगै लुम्बिनीले शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ । यो जितसँगै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लिएको ...
फरकधार
एनपिएलबाट बाहिरियो विराटनगर, शीर्ष दुईमा लुम्बिनीको स्थान पक्का
PoliticsJust now
एनपिएलबाट बाहिरियो विराटनगर, शीर्ष दुईमा लुम्बिनीको स्थान पक्का
फरकधार
सरकार र पार्टीका बिच मतभेद छैन, मधेशमा परिवर्तनको अनुभूति गराउन नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि लामिछाने
PoliticsJust now
सरकार र पार्टीका बिच मतभेद छैन, मधेशमा परिवर्तनको अनुभूति गराउन नसके अर्को पटक भोट माग्न आउँदिनँ : रवि लामिछाने
काठमाडौं, कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेसका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तनको अनुभूति गराउन नसके आगामी निर्वाचनमा आफू भोट माग्न नआउने घोषणा गर्नुभएको छ । शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका सभापति लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै मधेशका जनताले पार्टीप्रति देखाएको आशा, भरोसा र विश्वासलाई निराशामा परिणत हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक मधेशका जनताले हामीलाई ...
जनताटाइम्स
Multikhabar App
All Information In One Place
Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!
Get it on Google Play