Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, निर्णय शनिबार सार्वजनिक गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, निर्णय शनिबार सार्वजनिक गरिने
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ११ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सुरु भएको बैठक आज सम्पन्न भएको हो। बैठकले गरेका निर्णयहरू भने मंसिर १२ गते शनिबार अपराह्न २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने नेपाली कांग्रेसले जनाएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आजको बैठकमा पार्टी उपसभापतिद्वय पुष्पा भुसाल र डा. चन्द्रकान्त भण्डारी, महामन्त्रीत्रय प्रदीप पौडेल, डा. डिला संग्रौला पन्त र उदयशम्शेर राणासहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो। बैठकमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्रीहरू तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा सहभागी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पार्टीका विभिन्न विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ। बैठकका निर्णयहरू शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिइएको छ। नेपाली कांग्रेसले मंसिर १२ गते शनिबार अपराह्न २ बजे पत्रकार सम्मेलन आयोजना गरी बैठकका निर्णयहरू सार्वजनिक गर्ने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेनको भारत भ्रमण : व्यापारिक अवरोध हट्ने आशा, लगानी बढ्ने अपेक्षा
PoliticsJust now

बालेनको भारत भ्रमण : व्यापारिक अवरोध हट्ने आशा, लगानी बढ्ने अपेक्षा

  नेपाल र भारतबीच लामो समयदेखि देखिँदै आएका आर्थिक तथा व्यावसायिक अवरोध हटाउने दिशामा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले सकारात्मक आधार तयार गरेको निजी क्षेत्रले बताएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भ्रमण छोटो भए पनि दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनका अनुसार नेपाल र भारत ऐतिहासिक रूपमा प्राकृतिक आर्थिक ...

फरकधार
हिरासतमा यातना दिएको इनमको आरोप, जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी
PoliticsJust now

हिरासतमा यातना दिएको इनमको आरोप, जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षण तथा जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । सापकोटाकी पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा चार पृष्ठ लामो उजुरी दर्ता गराएकी हुन् । आयोगमा १६४४ नम्बरमा दर्ता भएको उजुरीमा सापकोटालाई गैरन्यायिक रूपमा नियन्त्रणमा लिइएको, मानसिक यातना दिइएको, जबर्जस्ती बयान रेकर्ड गरिएको तथा नक्कली प्रमाण सिर्जना गरी विभिन्न मुद्दामा फसाउन ...

फरकधार
सरकारको कार्यशैली र निर्णयमा रविले प्रश्न उठाएपछि बालेनको जवाफ, ‘ढुक्क हुनुस्, केही बिग्रिएको छैन’
PoliticsJust now

सरकारको कार्यशैली र निर्णयमा रविले प्रश्न उठाएपछि बालेनको जवाफ, ‘ढुक्क हुनुस्, केही बिग्रिएको छैन’

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार करिब पाँच घण्टा लामो संवाद भयो । बालेन मंसिर ७ मा भारतबाट फर्किएपछि भएको यो भेटघाटमा रविले सरकारबारेका कयौँ गम्भीर विषय उठान गरेका छन्। दुई नेताबीचको भेटमा बालेन नेतृत्वको सरकारका विवादास्पद कदम र निर्णयदेखि पार्टी र सरकारबीचको समन्वय अभावबारे पनि […] ...

काठमाण्डुपाटी
भूमिहीन र सुकुम्वासीलाई विस्थापन होइन, सम्मानजनक पुनर्स्थापना आवश्यक : कुलमान घिसिङ
PoliticsJust now

भूमिहीन र सुकुम्वासीलाई विस्थापन होइन, सम्मानजनक पुनर्स्थापना आवश्यक : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी हटाउने निर्णय स्थगित गर्न सरकारसँग आग्रह गर्नुभएको छ। काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका सुकुम्वासी परिवारलाई अहिले आश्रय लिइरहेको स्थानसमेत खाली गर्न निर्देशन दिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घिसिङले मानवीय संवेदनशीलतालाई बेवास्ता गरेर ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement