Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने
Photo / Coverage: जनताटाइम्स

ललितपुर, मंसिर ८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ। आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले विभिन्न समसामयिक तथा सांगठनिक विषयलाई छलफलको कार्यसूचीमा राखेको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गर्नुभएको थियो। महामन्त्री पौडेलले प्रस्तुत गर्नुभएको कार्यसूचीमा पार्टी सङ्गठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषय समेटिएका छन्। कार्यवाहक मुख्यसचिव दुलालका अनुसार सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषयमा छलफल हुनेछ। त्यस्तै, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण र विस्थापित सुकुमवासीको व्यवस्थापनका विषय पनि बैठकको कार्यसूचीमा राखिएका छन्। बैठकमा सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको छ। नागरिक सरोकारसँग सम्बन्धित अन्य विषय र विविध विषयमा पनि छलफल हुने जनाइएको छ। आज दिउँसो बसेको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गर्नुभएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पाकिस्तानसँग पराजित हुँदै राइजिङ स्टार्स एसियाकपबाट बाहिरियो नेपाल
PoliticsJust now

पाकिस्तानसँग पराजित हुँदै राइजिङ स्टार्स एसियाकपबाट बाहिरियो नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोली एसिसी राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको सेमिफाइनल यात्रा समाप्त भएको हो । पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालको ब्याटिङ निकै कमजोर रहँदा ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ...

फरकधार
बंगलादेशमा राजनीतिक तनाव बढ्दै गर्दा हसिनाको स्वदेश फिर्ती अस्वीकार, ढाका ओर्लिए हत्कडी लगाइने सरकारको चेतावनी
PoliticsJust now

बंगलादेशमा राजनीतिक तनाव बढ्दै गर्दा हसिनाको स्वदेश फिर्ती अस्वीकार, ढाका ओर्लिए हत्कडी लगाइने सरकारको चेतावनी

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ । हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी थिइन् । तर, विदेश ...

फरकधार
पग्लिँदो हिमालय, बढ्दो जोखिम : समाधान खोज्न काठमाडौंबाट जुट्दै विश्वका विज्ञ
PoliticsJust now

पग्लिँदो हिमालय, बढ्दो जोखिम : समाधान खोज्न काठमाडौंबाट जुट्दै विश्वका विज्ञ

हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका उपायबारे छलफल गर्न काठमाडौंमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आयोजनामा आगामी नोभेम्बर २५ देखि २७ (मङ्सिर ९ देखि ११)सम्म ललितपुरको खुमलटारस्थित इसिमोडको कार्यालयमा ‘एचकेएच क्रायोस्फियरका लागि विज्ञान, नीति तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुन लागेको हो । सम्मेलनमा हिन्दुकुश हिमालय क्षेत्रमा ...

फरकधार
पुरानो ७० करोड डलर ऋण रद्द भएको पाठ सिक्ला नेपाल ?
PoliticsJust now

पुरानो ७० करोड डलर ऋण रद्द भएको पाठ सिक्ला नेपाल ?

  प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सकेर सोमबार स्वदेश फर्किए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेज घोषणा गरेका छन् । सरकारले यसलाई भ्रमणको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । तर, नयाँदिल्लीमा घोषणा भएको खर्बौँ रुपैयाँको सहयोगको चर्चा भइरहँदा एक दशकअघि भारतले गरेको यस्तै ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement