कांग्रेसले मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ अभियान चलाउने

नेपाली कांग्रेसले हालै सम्पन्न पार्टीको १५ औँ महाधिवेशनको सन्देश जनतासम्म पुर्याउन तथा पार्टी संगठन सुदृढ गर्न मंसिर महिनाभरि ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीवार पार्टी मुख्यालयमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले यस्तो घोषणा गरेका हुन् । उनले महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरू समुदायस्तरसम्म पुर्याउन अभियान सञ्चालन गर्न लागिएको बताए ।

विगतको समीक्षा र आलोचनाको चरण पूरा भएकाले अब पार्टीले मुलुकसामु देखा परेका समस्या समाधान गर्ने जिम्मेवारी निर्वाह गर्न केन्द्रित हुनुपर्ने उनले बताए । काँग्रेस प्रतिपक्षीको भूमिका र स्थानीय तहको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउँदै थापाले ती जिम्मेवारीबारे आम नागरिकलाई जानकारी गराउन नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘हामीले महाधिवेशनबाट पारित गरेका कुराहरूलाई मंसिर महिनाको एक महिनाको समयमा दस्तावेजीकरण गर्ने कुरा त भइहाल्यो । यसलाई समुदायसम्म पुर्याउनको लागि ‘काँग्रेस तयार छ’ भनेर अभियान चलाउनुपर्ने छ । हामी नेपालका आजका समस्याहरू समाधान गर्नको लागि तयार छौँ, हामी यो महाधिवेशनबाट सबै कुराको तयारी गरेर आएका छौँ ।’

उनले विगतको समीक्षा र आलोचनाको चरण सकिएकाले अब अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘हामीले विगतको समीक्षा गर्यौँ, कतिपय कुराहरूमा आलोचना पनि गर्यौँ । त्यो सबै चरणहरू अब सकिएको छ । अब हामीले अगाडि बढ्ने हो । आजको जिम्मेवारी उठाउन तयारी छौँ, हामी प्रतिपक्षीको जिम्मेवारी उठाउन तयार छौँ । हामी स्थानीय तहको जिम्मेवारीसमेत ठीक ढंगले वहन गर्न तयार छौँ । यो हामीले उठाएको जिम्मेवारी आम नागरिकका बीचमा लिएर जानुपर्छ । त्यसकारण मंसिर महिनाभरि हामी तयार छौँ भन्ने विशेष अभियान सञ्चालन गर्छौँ । अभियानका बाँकी रहेका कामहरू पार्टी कार्यालयले पछि तयार गर्छ’, थापाले भने ।

आगामी तिहार र छठ पर्वका अवसरमा पार्टीका कमिटीले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रमलाई समुदायसँग जोड्न पनि उनले निर्देशन दिए ।

थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई टोलटोल र वडावडामा पुगेर लम्बेतान सम्मान कार्यक्रम आयोजना नगर्न आग्रह गरे ।

उनले भने, ‘अर्को कुरा, अब लगत्तै तिहार, छठ आउँदैछ । हामी अहिले विशेष अवस्थामा छौँ । यत्रो ठूलो विपद् गएको छ । हामीले कोषमा भएको पैसा समेत सदुपयोग गर्नुपर्नेछ । यहाँ हामीले सम्मान गर्यौँ, जिम्मेवारी लियौँ । अब यहाँबाट गएर टोलमा सम्मान, वडामा सम्मान लिने काम बन्द गरौँ । अनि पार्टीको कुनै पनि कमिटीले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गर्छ भने त्यो कार्यक्रम समुदायसँग जोडिनुपर्छ ।’

थापाले चाडपर्वलाई रमाइलोका रूपमा मात्र नलिई सामुदायिक तथा सार्वजनिक काममा समर्पित हुनसमेत निर्देशन दिए ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

आईजीपी कार्कीको सचिवालयले भन्यो- प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजियो
नेपाल प्रहरीले सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ। प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच राखेका केही सीमित व्यक्तिहरूको चालबाजीप्रति सचेत रहेको उल्लेख गरिएको छ। पछिल्लो समय केही सञ्चारमाध्यम ...

मोरङमा गोली चलाएर प्रहरीले समात्यो तीन जना लागूऔषध कारोबारी
१२ कात्तिक, काठमाडौं । मोरङको रतुवामाइमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर २ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक गरेर तीन जनालाई पक्राउ गरेको हो । उनीहरूबाट ५ सय ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जानकारी गराएको छ । साथै, उनीहरूको साथबाट पेस्तोल… ...

प्रहरी हेडक्वाटरमा साढे ६ घण्टा लामो चलेको पीसीसी बैठकमा के भयो ?
१२ कात्तिक, काठमाडौं । प्रहरी संगठनभित्रको दबाब र बाहिर चलिरहेका विविध हल्लाखल्लाबीच प्रहरी प्रधान कार्यालयमा बिहीबार दिउँसो साढे ६ घण्टा पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी) को बैठक बसेको छ । दिउँसो सवा २ बजेबाट सुरु भएको बैठक साँझ पौने ८ बजेसम्म चलेको थियो । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई राजीनामा दिन सरकारबाटै दबाब पुगेको भन्नेसम्मका चर्चाबीच… ...

त्रिवि क्रिकेट मैदान त्रिपालले छोपियो (तस्वीरहरू)
सम्भावित वर्षाबाट मैदान भिज्न नदिन पूरै मैदान कभर गरिएको छ । ...