Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेसले गुमाएको मत होइन, विश्वास हो : गगन थापा

कांग्रेसले गुमाएको मत होइन, विश्वास हो : गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसले गुमाएको मत होइन, विश्वास हो : गगन थापा

स्याङ्जा।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन्। स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए। “कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,” उनले भने, “विश्वास पुनःस्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफै आउँछ।” सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे बुझाउनु पर्नेमा जोड दिए। विगतमा पार्टीप्रति असन्तुष्टिका कारण टाढिएका मतदाताको विश्वास जित्न वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो। १५औं महाधिवेशनपछि पार्टीभित्र परिवर्तन आएको उल्लेख गर्दै उनले त्यसबारे जनताको घरदैलोसम्म जानकारी पुर्‍याउन आगामी मंसिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए। सभापति थापाले महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउँदै जिम्मेवारी पाउने वा नपाउने विषयलाई हारजितका रूपमा बुझ्न नहुने उल्लेख गरे। पार्टीभित्र सबैको समान हैसियत रहेकाले एकताबद्ध भएर अघि बढ्नु पर्ने उनको भनाइ थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

एनपीएलः लुम्बिनी र सुदूरपश्चिमबीचको खेल जारी
ताजा खबरJust now

एनपीएलः लुम्बिनी र सुदूरपश्चिमबीचको खेल जारी

• नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल लुम्बिनी र सुदूरपश्चिम रोयल्स बीच सुरु भएको छ। • लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ र सुदूरपश्चिमले दोस्रो विकेट गुमाएको छ। • प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको तेस्रो संस्करणको उद्घाटन गरेका छन्, जसमा शिक्षामन्त्री सस्मित पोखरेल पनि उपस्थित थिए। ...

नेपालबहस
खुला सीमाको सुरक्षा चुनौती सुल्झाउन नेपाल-भारत बैठक बस्दै
ताजा खबरJust now

खुला सीमाको सुरक्षा चुनौती सुल्झाउन नेपाल-भारत बैठक बस्दै

बैठकमा तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, सीमा विवाद तथा अन्य सीमा सम्बन्धी समस्या, मानव बेचबिखन, सीमापार आपराधिक गतिविधि र सीमा क्षेत्रमा दुवै सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा छलफल हुनेछ । ...

कान्तिपुर
बुटवलमा सराय नाच प्रदर्शन
ताजा खबरJust now

बुटवलमा सराय नाच प्रदर्शन

बुटवल। पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको झल्को दिने गरी बुटवलमा परम्परागत सराय नाच आज प्रदर्शन गरिएको छ । बडादसैँ तथा कोजाग्रत पूर्णिमाको अवसरमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित दुर्गा मन्दिर परिसरमा... ...

रातोपाटी
मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
ताजा खबरJust now

मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मलेसिया लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर सम्पर्कविहीन हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पीडितले दिएको जाहेरी दरखास्तका आधारमा अनुसन्धान गर्दा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play