Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : प्रदीप पौडेल

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : प्रदीप पौडेल

10/25/2026, 9:21:43 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । ‘बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो’, उनले भने, ‘कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक योजना ल्याउँछौँ ।’ महामन्त्री पौडेलले पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने धारणा राखे । कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै रुपान्तरणको अनुभूति दिलाउने उनको भनाइ थियो । सरकारको स्थिरताबारे पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताए। सरकारको स्थिरताका पक्षमा कांग्रेस रहेको उल्लेख गर्दै उनले सरकारले गलत काम गरेमा भने कांग्रेसले निरन्तर खबरदारी गर्ने स्पष्ट पारे। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य धु्रव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सहमहामन्त्री शंकर पन्तलगायतले चाडपर्वले एकता र सद्भावको भावना विकास गर्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

जनकपुर बोल्ट्सलाई फेमस स्टिलको साथ
OthersJust now

जनकपुर बोल्ट्सलाई फेमस स्टिलको साथ

८ कात्तिक, काठमाडौ् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र फेमस स्टिल एन्ड होम अप्लायन्सबीच प्रायोजन सम्झौता भएको छ। फेमस स्टिल लगातार दोस्रो सिजन जनकपुरसँग जोडिएको हो। आइतबार आयोजित कार्यक्रममा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडा र फेमस स्टिल एन्ड होम अप्लायन्सका प्रबन्ध निर्देशक शाहिद अख्तरले सम्झौतामा हस्ताक्षर गरे। यस… ...

अनलाइन खबर
हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता
OthersJust now

हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता

८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० हजार मिटरको काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रनमा महिलातर्फ कृतिका ह्याउमिका र पुरुषतर्फ सलमान शेख विजेता बनेका छन्। आइतबार बिहान वसन्तपुरबाट सुरु भएको दौडमा कृतिकाले ५१ मिनेट ५८.५ सेकेन्ड र सलमानले ३८ मिनेट ५६ सेकेन्डमा निर्धारित दूरी पार गरे। महिलातर्फ जेनिशा राई ५४ मिनेट २३ सेकेन्डमा दूरी… ...

अनलाइन खबर
पब्जी मोबाइल ग्लोबल ओपनमा होरा ईस्पोर्ट्स चौथो, वुल्भ्सले जित्यो उपाधि
OthersJust now

पब्जी मोबाइल ग्लोबल ओपनमा होरा ईस्पोर्ट्स चौथो, वुल्भ्सले जित्यो उपाधि

७ कात्तिक, काठमाडौं । पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ । नेपालको होरा ईस्पोर्ट्स भने चौथो भयो । फाइनलको पहिलो दिन शनिबार शीर्षस्थानमा रहेको होराले आइतबार केही खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि उपाधि भने जित्न सकेन । फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्सले ६ खेलमा एक चिकेन डिनरसहित ५७… ...

अनलाइन खबर
बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो
OthersJust now

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो । बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ । अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play