कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन)मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेको हुनाले आज अरूले शपथ लिन लागेका हुन् । निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा सम्पन्न गरिने र नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै आजै पदबहालीसमेत गराइने जानकारी दिएका छन् । गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । महाधिवेशन अन्तर्गत उद्घाटन र बन्दसत्र खुल्ला मञ्चमा भएको थियो भने मतदान खुल्ला मञ्च र राष्ट्रिय सभागृहमा भएको थियो । शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ । पहिलो बैठकले ऐतिहासिक महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पङ्क्तिलाई धन्यवाद ज्ञापनलगायतका विषयमा निर्णय गर्ने जनाइएको छ । बैठकमा पार्टीको जिल्ला तथा प्रदेश अधिवेशनहरूका बारेमा पनि छलफल हुने नेताहरूले जानकारी दिए ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

एनपीएल : जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाण्डू गोर्खाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा काठमाण्डूका कप्तान करण केसीले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरे। उनले जनकपुरलाई पहिले फिल्डिङ गर्न बोलाएका छन् । काठमाण्डू गोर्खाज यस सिजनको पहिलो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत […] ...

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँले टस जितेर... ...

मध्यावधि निर्वाचनको प्रचारप्रसारले तात्यो अमेरिका, आरोप–प्रत्यारोपमा ओबामा र ट्रम्प
न्युयोर्क । अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन् । निर्वाचन अघिको अन्तिम साता पूर्वराष्ट्रपति बाराक ओबामा र राष्ट्रपति डोनाल्ड ट्रम्पले... ...

नेतन्याहु र आइजेनकोट दुवै बहुमतबाट टाढा, लिन सक्छन् यी ३ विकल्पको सहारा
इजरायलमा भएको आम निर्वाचनको ९० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ। तर अझै सरकार गठनको बाटो स्पष्ट भइसकेको छैन। प्रधानमन्त्री नेतन्याहु र विपक्षी नेता गादी आइजेनकोट दुवैको गठबन्धन बहुमतबाट टाढा छन्। इजरायली संसद्‌मा जम्मा १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सिट चाहिन्छ। यद्यपि नेतन्याहुले कम सिटमा पनि सरकार गठन गर्न सक्छन्। उनला... ...


