कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् । नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले आज आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले जनताले अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको उल्लेख गरे । राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीकै मात्रै विषयमा अल्झिन नहुने धारणा व्यक्त गर्दै महामन्त्री पौडेलले पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने धारणा राखे । कांग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताउँदै उनले लोकतन्त्रप्रति जिम्मेवार पार्टीका रूपमा कांग्रेस रहेको जिकिर गरे । जनताले कानुनी राज्यको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने उनको भनाइ थियो । आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पार्दै पौडेलले आफूहरूलाई सत्ताको लोभ नरहेको बताए । जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले जनताको विश्वास कायम राख्न पार्टीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्र्ने धारणा व्यक्त गरे ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु
काठमाडाैँ। पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादको बाहिरी क्षेत्रमा यात्रु बोकेको जीप पहाडी सडकबाट करिब एक हजारदेखि एक हजार पाँच सय फिट तल खस्दा सात जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका... ...

सिक्किमको पाल्जोर स्टेडियममा गुञ्जिदै नेपथ्य
लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ। त्यहाँस्थित पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ (कात्तिक १४) मा नेपथ्य गुञ्जिन लागेको छ। सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो। भारतको ८० औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्र... ...

जाडोमा रुघाखोकी र सङ्क्रमणबाट बच्न रोगप्रतिरोधात्मक क्षमता बढाउने ५ पेय पदार्थ
काठमाडौँ । रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी) भन्नाले शरीरले रोगहरूसँग कति समयसम्म लड्न सक्छ भन्ने बुझाउँछ। यदि तपाईं बारम्बार बिरामी पर्नुहुन्छ वा बिरामी भएपछि चाँडै निको हुनुहुन्न भने त्यो शरीरको इम्युनिटी कमजोर भएको... ...

वैधानिकताको फैसलाअघि पराजित र असन्तुष्ट नेता फर्काउने कसरतमा देउवा समूह
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गरेर आगामी ४ वर्षे कार्यकालका लागि गगन थापाको सभापतित्वमा २३१ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ... ...


