Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आज आयोजित पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणपश्चात् मन्तव्य राख्दै वरिष्ठ उपसभापति शर्माले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । ‘नेपाली कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आएको छ, बलियो कांग्रेस बनाएर समृद्ध नेपालको अभियानमा लाग्नुपर्छ, दौडिएर पसिना बगाउनु मात्रैलाई काम भन्न सकिँदैन, काम हुनका लागि परिवर्तन र उपलब्धि आवश्यक छ, हामी मिडियामैत्री र सामाजिक सञ्जालमैत्री पनि बन्न जरुरी छ, कांग्रेस देशलाई पहिलो केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने पार्टी हो’ उनले भने। वरिष्ठ उपसभापति शर्माले पार्टीको संस्थागत कार्यशैली र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएर अवको समयलाई विसङ्गतिलाई अन्त्य गर्ने सामाजिक रूपान्तरणको दशकका रुपमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्दै शपथ ग्रहणका क्रममा पद र प्रमाणपत्र प्राप्त गर्नुलाई मात्र जिम्मेवारी नठानी पार्टीको गौरवशाली इतिहासअनुसार वर्तमानलाई जिम्मेवार तथा भविष्यलाई सुन्दर बनाउने संकल्प गर्न आग्रह गरे। वरिष्ठ उपसभापति शर्माले महाधिवेशनमा विजयी भएका नेताहरूले आफूलाई मत दिने प्रतिनिधिको विश्वासको सम्मान गर्नुपर्ने र पराजित उम्मेदवार तथा निर्वाचनमा सहभागी हुन नपाएका पार्टीका अन्य नेता–कार्यकर्तालाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखे । ;निर्वाचनमा भएका तीतामीठा अनुभव बिर्सेर कांग्रेसलाई एकताबद्ध र सशक्त बनाउनु नयाँ नेतृत्वको साझा दायित्व हो, जलवायु परिवर्तनको असरविरुद्ध क्रियाशील हुन सरकारको साथमा रहेर काम गर्नुपर्ने छ,; उनले भने। वरिष्ठ उपसभापति शर्माले पार्टीको कामलाई प्रभावकारी बनाउन व्यक्तिगत रूपमा धेरै दौडधुप गर्नुभन्दा संस्थागत योजना र समन्वयअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । केन्द्रले तय गरेका योजना र निर्देशनलाई आत्मसात् गर्दै सङ्गठनका कमजोरी सुधार गर्ने तथा आगामी चुनौतीको सामना गर्ने गरी काम गर्नुपर्ने भन्दै उनले देश र नागरिकको हितलाई पार्टीगत स्वार्थभन्दा माथि राख्नुपर्ने बताए। जलवायु परिवर्तनका कारण उत्पन्न विपद् तथा नागरिकले भोगिरहेका संकटप्रति सरकार र जनप्रतिनिधि गम्भीर हुनुपर्ने बताउँदै उनले विपद्बाट प्रभावित परिवारको पीडा स्मरण गर्दै जोखिम न्यूनीकरण, नागरिकको जीवनरक्षा तथा जनजीविकामा सुधार ल्याउन विशेष ध्यान दिन आग्रह गरे। कांग्रेसप्रतिको समर्पणलाई देश र जनताको सेवासँग जोड्नुपर्ने उल्लेख गर्दै वरिष्ठ उपसभापति शर्माले पार्टीको जिम्मेवारी सम्हाल्ने सबैले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दुई अर्ब बढीको क्रिप्टो कारोबारी पक्राउ
ताजा खबरJust now

दुई अर्ब बढीको क्रिप्टो कारोबारी पक्राउ

काठमाडौँ, कात्तिक १२ गते । दुई अर्ब बढीको क्रिप्टोकरेन्सीको कारोबारी पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१... ...

गोरखापत्र
धादिङमा सिग्नेचर ब्रिजसहित पाँच सडकको स्तरोन्नति गरिने
ताजा खबरJust now

धादिङमा सिग्नेचर ब्रिजसहित पाँच सडकको स्तरोन्नति गरिने

काठमाडौँ । धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा सडक पूर्वाधार स्तरोन्नतिका सम्बन्धमा सरकार र स्थानीय जनप्रतिनिधिबिच महत्त्वपूर्ण सहमति भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, पूर्वाधार विकास मन्त्री सुनील... ...

रातोपाटी
मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह
ताजा खबरJust now

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा, कात्तिक १२ गते । जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा पदयात्रा नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । यही बिहीबार, शुक्रबार र शनिबार उच्च पहाडी तथा... ...

गोरखापत्र
मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट
ताजा खबरJust now

मन्त्री चौधरीसँग युएनडिपीका प्रतिनिधि चेभिलार्डको भेट

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स)ले भेट गरेका छन् । बिहीबार भएको भेटमा उनीहरूबिच जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play