Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

काँग्रेसको वैधानिकतासम्बन्धी विवाद समाप्त भयो, अब प्रदेश अधिवेशन गर्छौँ : महामन्त्री संग्रौला

Share:WhatsAppFacebookX (Twitter)Telegram
काँग्रेसको वैधानिकतासम्बन्धी विवाद समाप्त भयो, अब प्रदेश अधिवेशन गर्छौँ : महामन्त्री संग्रौला
Photo / Coverage: पर्दाफास

नेपाली काँग्रेसकी महामन्त्री डिला संग्रौलाले पार्टीको वैधानिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गरेकी छन् । शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेकी हुन् । काँग्रेसको आधिकारिकता आफूहरूले पाएको दाबी गर्दै उनले अब प्रदेश अधिवेशनमा जुट्ने बताइन् । उनले पार्टीको प्रदेश अधिवेशन गर्ने मिति तत्कालै घोषणा गर्ने जानकारी दिइन् । प्रदेश अधिवेशनका लागि पार्टीको निर्वाचन समितिलाई पत्राचार गरिसकिएको उनको भनाई छ । उनले भनिन्, ‘जसरी सर्वोच्चमा संसदको पुनस्र्थापनाको मुद्दा छ नि नयाँ संसद त आइसक्यो । त्यसैगरी महाधिवेशन गरेर निर्वाचन आयोगले अद्यावधिक गरिसकेको परिप्रेक्ष्यमा जुन मुद्दा अदालतमा छ, संसद पुनस्र्थापना हुन्छ भने यो मुद्दा पनि चल्ने हो, होइन भने यो कुरा यहीँ सिद्धियो । वैधानिकताको प्रश्न समाप्त भइसक्यो । छिट्टै हामीले प्रदेश अधिवेशन गर्छौँ । आज मात्रै निर्वाचन आयोग सभापतिसहित हामी एउटा छलफल गरेर प्रदेश अधिवेशनको घोषणा भोलि हुँदैछ र छिट्टै नै हामी यो गरिसक्छौँ । यो प्रक्रिया पूरा भइसक्यो । यो विवादको विषय र छलफलको विषय होइन ।’ उनले प्रदेश अधिवेशनको मिति निर्वाचन समितिले आइतबार घोषणा गर्ने पनि जानकारी दिइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हनुमानढोका दरबारको नसल चोक डबलीमा छमछमी नरदेवी श्वेतकाली (तस्वीरहरू)
OthersJust now

हनुमानढोका दरबारको नसल चोक डबलीमा छमछमी नरदेवी श्वेतकाली (तस्वीरहरू)

हरेक १२ वर्षमा‌ आयोजना हुने परम्परागत नरदेवी श्वेतकाली नाचको अन्तिम दिन आज नसल चोकमा नाच देखाइएको हो । ...

अनलाइन खबर
विश्वकप छनोट प्लेअफ सुरु हुन ६ दिन बाँकी, अझै घोषणा भएन नेपाली टोली
OthersJust now

विश्वकप छनोट प्लेअफ सुरु हुन ६ दिन बाँकी, अझै घोषणा भएन नेपाली टोली

१२ मंसिर, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ सुरु हुन अब ६ दिन मात्र बाँकी रहँदा सहभागी अन्य टोलीले नेपाल आएर तयारी थालिसकेका छन् । तर, आयोजक नेपालले भने अहिलेसम्म टोली घोषणा गर्न सकेको छैन । प्लेअफ खेल्न युगान्डा र इटालीको टोली नेपाल आइपुगेर तयारीमा जुटिसकेका छन् । नामिबियाको टोली पनि नेपालका लागि… ...

अनलाइन खबर
सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छ : प्रचण्ड
OthersJust now

सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सबै कम्युनिष्ट शक्तिलाई एकताको झण्डामुनि ल्याउने प्रयास जारी रहेको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तिव्र बनाउने बताएका हुन् । विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement