Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

काँग्रेसको इतिहास र योगदान मेटिन दिँदैनौँ, पार्टीलाई नयाँ पुस्ताले गर्व गर्न लायक बनाउँछौँः गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काँग्रेसको इतिहास र योगदान मेटिन दिँदैनौँ, पार्टीलाई नयाँ पुस्ताले गर्व गर्न लायक बनाउँछौँः गगन थापा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पुस्ताले गर्व गर्न लायक पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्ने बताउनुभएको छ । शहीद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको प्रजातान्त्रिक सेनानी एलबी गुरुङ सम्मान तथा पुस्तक वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले कांग्रेसको गौरवपूर्ण इतिहास संरक्षण गर्दै नयाँ पुस्तालाई समेत पार्टीप्रति आकर्षित गर्ने बताउनुभयो । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी भएको उल्लेख गर्दै उहाँले पार्टीको इतिहास, योगदान र लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई संस्थागत रूपमा संरक्षण गरिने जानकारी दिनुभयो । आधुनिक नेपालको इतिहास लेख्दा नेपाली कांग्रेसको योगदानलाई अलग राख्न नसकिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हामी पुरानो पार्टी हौँ भनेर लुकाउने होइन, गर्वका साथ भन्ने हो । नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस हो । आधुनिक नेपालको इतिहास लेख्दा नेपाली कांग्रेसबाट सुरु नगरी इतिहासका पाना अगाडि बढ्न सक्दैनन् । अहिले हामी जुन युगमा आएका छौँ, नेपाली कांग्रेस पार्टी सम्हाल्नका निम्ति पार्टीको स्थापनाकालीन मूल्य र मान्यतालाई फेरि आत्मसात् गर्छौँ । नेपालका सबैभन्दा नयाँ पुस्ताका साथीहरूलाई कांग्रेस भएकोमा गौरव लाग्ने अवस्था हामी बनाउनेछौँ । हामी बनाएरै छाड्नेछौँ । त्यो दिन फेरि ल्याउनेछौँ ।’ सभापति थापाले शहीद, प्रजातन्त्रका सेनानी तथा तिनका परिवार पार्टीका सम्पत्ति भएको बताउनुभयो । सानै उमेरमा लोकतन्त्र र नागरिक अधिकारका लागि जीवन बलिदान गरेका युवाहरूको योगदान राजनीतिक स्मृतिमा मात्र सीमित हुन नहुने उहाँको भनाइ थियो । पार्टीमा लागेका व्यक्तिको सफलताको मापदण्ड पद र राजनीतिक नियुक्तिलाई मात्र बनाउन नहुने उहाँले बताउनुभयो । सांसद, मन्त्री, प्रधानमन्त्री वा पार्टीको जिम्मेवारी प्राप्त गरेपछि मात्र जीवन सफल भएको मान्ने प्रवृत्तिले लामो समय पार्टीमा योगदान गरेका तर पद नपाएका कार्यकर्ता र तिनका परिवारको योगदानलाई अवमूल्यन गर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, ‘पार्टीभित्रको पद पनि थोरै हुन्छ, राजकीय पद पनि थोरै हुन्छ । कसैले सांसद, मन्त्री वा प्रधानमन्त्री भयो अथवा पार्टीको कुनै जिम्मेवारीमा आयो भने मात्र जीवन सफल भएको र नभए असफल भएको भन्ने परिभाषा बदल्नुपर्छ । पद नपाउँदैमा कसैको जीवन असफल हुँदैन ।’ थापाले कांग्रेसका पुराना नेता तथा कार्यकर्ताको योगदान अभिलेखीकरण गर्न पार्टीले विशेष अभियान अघि बढाएको पनि जानकारी दिनुभयो । पार्टी कार्यालयलाई कांग्रेसको स्थापनाकालदेखि हालसम्मको राजनीतिक यात्रा, लोकतान्त्रिक आन्दोलन र ऐतिहासिक घटनाक्रमबारे जानकारी दिने स्थलका रूपमा विकास गरिने उहाँले बताउनुभयो । पार्टी कार्यालय प्रवेश गरेर अर्को गेटबाट बाहिर निस्कँदासम्म आगन्तुकले कांग्रेसको इतिहास र नेपालको राजनीतिक परिवर्तनमा पार्टीको भूमिकाबारे जानकारी पाउने गरी संरचना तयार गरिने उहाँको भनाइ थियो । देशका ७५३ वटै स्थानीय तहबाट प्रजातन्त्रका सेनानीहरूको विवरण संकलन गरी राष्ट्रिय अभिलेख तयार गर्ने अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । संकलित विवरणलाई डिजिटल अभिलेखका रूपमा व्यवस्थित गरिने पनि उहाँले बताउनुभयो । सभापति थापाले शहीद परिवार, प्रजातन्त्रका सेनानी तथा द्वन्द्वपीडित परिवारलाई लक्षित गरी १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गर्नुभयो । उक्त कोषबाट विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग उपलब्ध गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । अक्षयकोष स्थापनाको काम यसै वर्षदेखि सुरु गरिने उहाँको भनाइ थियो । त्यस्तै, पार्टीका ऐतिहासिक व्यक्तित्वहरूको स्मृति तथा सम्मानका कार्यक्रम अबदेखि पार्टी कार्यालयमै आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
Latest NewsJust now

विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह

स्याङ्जा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आइतबार भीरकोटमा आयोजना... ...

रातोपाटी
धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ
Latest NewsJust now

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

काठमाडौं। धादिङको गजुरी गाउँपालिका: ८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ। ३८ वर्षीय सूर्यबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मंसिर १२ गते बिहान ९ः१५ बजे ढुंगाना आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए। स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको अनुसन्धान गरेको थियो। ...

नेपालन्युज
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ: जेलेन्स्की
Latest NewsJust now

युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ: जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग वर्तमान युद्धमोर्चाकै अवस्थामा युद्धविराम गर्न आफ्नो देश तयार रहेको बताएका छन् । उनले दुवै देशका सेना अहिले तैनाथ रहेकै स्थानमा रोकिएर युद्ध अन्त्यका लागि कूटनीतिक वार्ता अघि बढाउन प्रस्ताव गरेका छन् । अलजजिरासँगको अन्तर्वार्तामा जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको कब्जामा रहेका क्षेत्रबाट पछि हट्न तयार नभएको भन्दै वर्तमान सैन्य अवस्थामै युद्ध रोक्नु युक्रेनका लागि ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement