काँकडभिट्टाबाट तीन महिनामा हजारभन्दा बढी पर्यटक भित्रिए

झापा। पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना पर्यटक नेपाल भित्रिएका छन्। असोज महिनामा मात्रै ६०५ जना पर्यटक यस स्थलमार्गबाट नेपाल प्रवेश गरेका हुन्। अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा २८१ जना र भदौ महिनामा २२० विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएका छन्। पूर्वीनाकाबाट भुटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, बङ्गलादेशलगायत ५३ देशका पर्यटक यस अवधिमा नेपाल भित्रिएको कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिइन्। तीन महिनाको पर्यटक आगमन विश्लेषण गर्दा दैनिक सरदर १२ जना विदेशी पर्यटक काँकडभिट्टा नाकाबाट भित्रिने गरेका छन्। पर्यटक आगमनको मौसम सुरु भएकाले असोज महिनामा दैनिक सरदर १९ जना विदेशी पर्यटक यस नाकाबाट भित्रिएको पाइएको छ। सबैभन्दा धेरै पर्यटक भुटानबाट भित्रिएका छन्। असोजदेखि फागुन महिनासम्म विदेशी पर्यटकको आगमन धेरै हुने गरेको छ। तीन महिनामा भूटानबाट ४७८ जना, अमेरिकाबाट २४२ जना, अस्ट्रेलियाबाट ४९ जना, बेलायतबाट ४० जना र बङ्गलादेशबाट ३५ जना पर्यटक पूर्वीनाका हुँदै नेपाल प्रवेश गरेको कार्यालयका प्रमुख भट्टराईले बताइन्। यस नाकाको अध्यागमन कार्यालयबाट पर्यटकका लागि भिसासमेत जारी हुने गरेको छ। चालु आवको तीन महिनामा ९९२ जनाको पर्यटक भिसा, ७५ जनाको नाता भिसा, आठ जनाको वैवाहिक भिसा, १३ जनाको गैरआवासीय भिसा र आठ जनाको सार्क इन्डोर्समेन्ट भिसा जारी गरिएको उनले बताइन्। पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा ९८५ जना विदेशी नागरिक भारत गएका छन्। जसमा साउनमा ३१८ जना, भदौमा २३० जना र असोजमा ४३७ जना विदेशी नागरिक अध्यागमन प्रक्रिया पूरा गरेर भारततर्फ गएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चितवनविरुद्धको खेलमा यस्तो छ विराटनगरको प्लेइङ ११
विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध खेल्ने ११ खेलाडी सार्वजनिक गरेको छ। कप्तान सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, रुपेश सिंह, नरेन साउद, इमरान शेख, चरित असलंका, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र सुभव रन्जनेले चितवनविरुद्ध खेल्नेछन्। तेस्रो संस्करणमा यी दुई टोलीको यो पहिलो खेल हो। ...

साउदीमा नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह
साउदी अरबमा क्षेप्यास्त्र र ड्रोन आक्रमणको जोखिम बढिरहेका बेला रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन र स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ। ...

मल्ल घाइते भएपछि विराटनगरविरुद्ध बोपाराको कप्तानीमा उत्रियो चितवन
चितवन राइनोज कप्तान कुशल मल्लविनै विराटनगर किंग्सविरुद्ध खेल्ने भएको छ। कप्तान मल्ल घाइते भएकाले आजको खेलमा रवि बोपाराले कप्तानी सम्हाल्नेछन्। चितवनबाट रिजन ढकाल, कमल सिंह ऐरी, देव खनाल, अर्जुन साउद, विवेक साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा, डाविड मालान, डान मौस्ले र टम टेलर प्लेइङ ११ मा परेका छन्। ...

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अपिल, अनावश्यक बाहिर ननिस्कन आग्रह
काठमाडौँ । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । दूतावासले एक विशेष सूचना जारी गर्दै... ...


