Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कविता : विरासत

कविता : विरासत

Share:WhatsAppFacebookX (Twitter)Telegram
कविता : विरासत

भालमा जब सुमेरुलेहैमको टीका लगायो,त्यही बखत प्रादुभाव भयोनेपालको । कालान्तरमा !त्यही नामले सीमालाईनक्साको रेखामा होइन,स्वाभिमानको कसीमा घोट्यो,पौरखको उचाइले नाप्योबर्मा, भूटान, सिक्किमदेखिदार्जिलिङ–असामका वरपरचियाबारी र फाँटहरू मात्र होइन,डुवर्सका हरिया समथरहरूसम्मआफ्नो पौरखको झण्डा गाड्योफलतः उसका पद ध्वनिहरूसृष्टिपर्यन्त गुञ्जने गरीअस्तित्वका प्रतीक छाड्यो । आजविश्वभर छरिएका नेपालीहरूकेवल यात्री होइनन्,कालले आफ्नै काँधमा बोकेकाजीवित इतिहासहरू हुन्उनीहरू जहाँ पुग्छन्,हिमालझैँ शिर हुन्छन्अन्तस्करणका बुद्ध, सीता र भृकुटीसन्देश त्याग र आदर्शका साक्षी बन्छन् । जब नेपालीवीर गोर्खा भएररणभूमिमा गर्जन्छ,त्यो केवल युद्धघोष हुँदैन,त्यो घोषणा हुन्छ-आफ्नो अस्तित्वको,आफ्नो कर्तव्यबोधको । कति युद्धहरू आए-गए,साम्राज्यहरू कति बने-ढले,कति झण्डाहरू फेरिएतर कहिल्यै फेरिएनछाती नेपालीको,जहाँ न डर छ, न अविश्वासजीवनभन्दा माथि छ- कर्तव्यमृत्युभन्दा प्यारो छ- इमानऊ जहिले लड्योसपथ र इमानका लागि लड्योजब इतिहासले खोज्यो,वीरताको रगतलेसहीछापको बाटो रोज्यो । यसैले,नेपाली वीरताको कथाहिमालझैँ स्थिर भयोध्रुवझैँ अमर- अटल रह्योजबसम्म सृष्टिमाहिमाल र आकाशको संवाद गुञ्जनेछ,नेपाली वीरताका गाथाहरू गाइनेछ,तबसम्म त्यहाँस्वाभिमानको आलोकअनन्तसम्म बलिरहनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

एनपीएल उद्‌घाटन गर्न प्रधानमन्त्री शाह कीर्तिपुर जाने
ताजा खबरJust now

एनपीएल उद्‌घाटन गर्न प्रधानमन्त्री शाह कीर्तिपुर जाने

उद्घाटनअघि शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता र भव्य उत्सवका रूपमा प्रशंसा गरेका छन् । ...

कान्तिपुर
एनपीएलको तेस्रो संस्करण आजदेखि
ताजा खबरJust now

एनपीएलको तेस्रो संस्करण आजदेखि

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपरान्ह ५ बजेदेखि सुरु हुनेछ।  लुम्बिनी रोहित पौडेल र सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदानमा उत्रनेछ।  एनपीएलका लागि सम्पूर्ण ... ...

नेपालखबर
एनपीएललाई प्रधानमन्त्री शाहको शुभकामना
ताजा खबरJust now

एनपीएललाई प्रधानमन्त्री शाहको शुभकामना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुनु केही घण्टाअघि शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा यसले एउटा भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन् । प्रधानमन्त्रीको स्टाटसमा लेखिएको छ– ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play