कर प्रणालीमा पारदर्शिता बढाउन बिल लिने बानी बसाल्न दीपाश्रीको आह्वान

काठमाडौँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने बानीले उपभोक्तालाई सचेत बनाउनुका साथै राज्यको कर प्रणालीलाई पारदर्शी र निष्पक्ष बनाउन सहयोग पुग्ने बताएकी छन् । आइतबार आयोजित ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गत पुरस्कार विजेता घोषणा कार्यक्रममा बोल्दै निरौलाले उपभोक्तालाई हरेक खरिदमा बिल लिन आग्रह गरेकी हुन् । कार्यक्रममा १६ जना दैनिक विजेता र एक जना बम्पर विजेताको नाम सार्वजनिक गरिएको थियो । कार्यक्रममा ३ हजार रुपैयाँको खरिद बिलका आधारमा एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका थिए । निरौलाले करदाता प्रोत्साहन कार्यक्रम प्रविधिमा आधारित भएकाले यसमा व्यक्तिगत पहुँच वा पक्षपातको सम्भावना नरहेको बताइन् । प्रणालीमा सहभागी भएर बिल लिने उपभोक्ताले पुरस्कार जित्न सक्ने भएकाले सबैलाई यसमा जोडिन उनले आग्रह गरिन् । “घोषणा भएका १६ जना विजेता र एक जना अहिलेसम्मकै ठूलो विजेता, जसले ३ हजार रुपैयाँबाट १० लाख रुपैयाँ जित्नुभएको छ । कति राम्रो । सायद हामी पनि यो प्रक्रियामा आफैँ सहभागी भएको भए जित्न सक्ने रहेछौँ,” उनले भनिन् । उनले अगाडि भनिन्, “यहाँ कसैलाई हेरेर यो मान्छे मेरो हो, त्यो मान्छे तेरो हो भनेर होइन, यहाँ त एकदमै व्यवस्थित रूपमा सिस्टमले काम गरिरहेको रहेछ । यो सिस्टममा सहभागी हुनका लागि हामीले बिल लिने काम गर्नुपर्ने रहेछ । त्यसकारण मलाई एकदमै धेरै खुसी लागेको छ । आज सुनिरहनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो आग्रह छ, आजैदेखि तपाईंहरू पनि सचेत हुनुहोस् । बिल लिनुहोस्, पैसा कमाउनुहोस् ।” दैनिक उपभोग्य वस्तु तथा सेवा खरिद गर्दा बिल माग्ने सामान्य बानीले पनि पुरस्कार जित्ने अवसर प्राप्त हुनुका साथै कर प्रणालीलाई व्यवस्थित बनाउन योगदान पुग्ने निरौलाको भनाइ छ । ३ हजार रुपैयाँको खरिदबाटै १० लाख रुपैयाँको पुरस्कार जित्न सकिने उदाहरणले उपभोक्तालाई बिल लिने बानी विकास गर्न र कर प्रणालीमा सहभागी हुन प्रेरित गर्ने उनले बताइन् ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली
काठमाडौँ। दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार... ...

लागूऔषधसहित नौ जना पक्राउ
काठमाडौं। बारा, मकवानपुर, मोरङ र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाराबाट शनिबार चार किलो ५०० ग्राम गाँजासहित १८ वर्षीय युवक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट चरमोहनाबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवीबाट २७ वर्षीय उज्वल चौलागाईं पक्राउ परेका छन्। हेटौंडा–११, डाङडुङेका उनलाई शनिबार साँझ मोटरसाइकलमा सवार रहेका बेला ...

यमननजिकै साउदी विमान दुर्घटना, गोली हानेर खसालिएको दाबी
साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथी विद्रोहीसँग लडाइँका बिच आफ्नो विमान दुर्घटना भएको र दुई पाइलटको मृत्यु भएको बताएको छ। बीबीसी न्युज अरबीका अनुसार यमन सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार प्राविधिक खराबीका कारण सीमानजिकै एक जासुसी हेलिकप्टर दुर्घटना भएको बताएको हो। हुथीसँग द्वन्द्व बढेपछि साउदीले आफ्नो सैन्य कर्मच... ...

बेपत्ता बालबालिकाको खोजीमा एआई
काठमाडाैँ। मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ। लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई... ...


