कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज जारी तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितको लागि १३३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको हो। कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए। उनले ३७ बलमा तीन छक्का प्रहार गरे। दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे। जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले पनि दुई विकेट हात पारे। ललित राजवंशीले एक विकेट लिए। जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

देवीघाट ज्येष्ठ नागरिक संरक्षण प्रतिष्ठानलाई एनआरएनए एसिया प्रशान्त क्षेत्रद्वारा सहयोग हस्तान्तरण
नुवाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्रशान्त क्षेत्रको संयोजनमा नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’लाई दुई लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। भदौ... ...

विराटनगरका कप्तान सन्दीप भन्छन्: चार ओभरमा ब्याटर हतारियौँ
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताए। चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार बेहोर्नु परेको बताएका हुन्। १६औं ओभरपछि खराब सट खेल्नु र लामो समयसम्म क्रिजमा रहेका ब्याटरलाई ननस्ट्राइ... ...

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा, जिल्लामा रोजगारी सिर्जनासहितका योजना
काठमाडौँ। विश्वभर छरिएर रहेका धादिङवासीहरूको साझा संस्था ‘अन्तर्राष्ट्रिय धादिङ समाज’को हालै सम्पन्न चौथो महाधिवेशनबाट अमेरिका निवासी बद्री खतिवडा केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्। नेतृत्व सम्हालेसँगै नवनिर्वाचित अध्यक्ष खतिवडाले प्रवासमा रहेका धादिङवासीहरूको... ...

कृषिमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
काठमाडौँ, कात्तिक १० गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहा... ...


