कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन् । आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनलाई कर्णाली याक्स स्पोट्र्स प्रा.लीका प्रतिनिधिले स्वागत गरे । ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका छन् । समग्रमा उनले ट्वान्टी २० मा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाएका छन् । दोस्रो एनपिएलमा समेत कर्णाली याक्सबाटै खेलेका वाटले ११४ रन बनाएका थिए । उनले मात्र ४१ बलमा कीर्तिमानी सतक प्रहार गरेका थिए । उनी आन्द्रेस गौसपछि एनपिएलमा सतक बनाउने दोस्रो खेलाडी समेत हुन् । The post कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

तीन जनाको मृत्युपछि पत्ता लाग्यो– दर्ताबिनै बोटहरू चलिरहेका थिए
विराटनगर । सप्तकोशी नदीमा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको डुङ्गा (बोट) पल्टिएर आइतबार दिउँसो तीन जनाको मृत्यु भयो । बोट पल्टिएर डुबेका तीन जनाको शव सुनसरीको चतरा क्षेत्रबाट निकालिएको सुनसरी प्रहरीका... ...
_ImiemsL76Y.jpg)
कात्तिक ११ गतेसम्म मौसम ठिकठाक, १२ गते वर्षा
काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक... ...

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ
पेरिस, फ्रान्स । फ्रान्सभरि भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा ...

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
काठमाडौँ, कात्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ ।अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको... ...


