कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपालमा

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध हुनुभएका मार्क वाट नेपाल आइपुग्नुभएको छ । आइतबार बिहान उहाँ तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो । उहाँलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । ३० वर्षीय वाटले स्कटल्याण्डका लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिनुभएको छ । त्यस्तै ३२१ रन बनाउनुभएको छ । समग्रमा उहाँले टी-२० मा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाउनुभएको छ । दोस्रो एनपिएलमा समेत कर्णाली याक्सबाटै खेल्नुभएका वाटले ११४ रन बनाउनुभएको थियो । उहाँले मात्र ४१ बलमा कीर्तिमानी शतक प्रहार गर्नुभएको थियो । उहाँ आन्द्रेस गौसपछि एनपिएलमा शतक बनाउने दोस्रो खेलाडीसमेत हुनुहुन्छ । कर्णालीले विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलरसँगै पाकिस्तान टी-२० टिमका कप्तान साहिवजादा फर्हान र हुसैत तलात, बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्याण्डका अलराउण्डर मार्क वाट अनुबन्ध गरेको छ । यस्तै, कर्णालीले घरेलु खेलाडीका रूपमा मार्की सोमपाल कामीसँगै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउण्डर गुल्सन झा र बलर नन्दन यादव तथा विपिन शर्मा, युनिशविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

राष्ट्रियता र राष्ट्रिय हितको विषय पुनः बहसमा
काठमाडौं । नेपालको राजनीतिमा राष्ट्रियता, राष्ट्रिय हित र नेपाली राष्ट्रवादको विषय पुनः बहसमा आएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले केही दिनअघि भारतको राजधानी नयाँदिल्लीमा आयोजित कार्यक्रममा नेपाली राष्ट्रवादबारे दिएको अभिव्यक्तिले राष्ट्रियता र राष्ट्रिय हितको विषय पुनः चर्चामा आएको हो । अर्थमन्त्री डा. वाग्लेले यही कात्तिक ६ गते नयाँदिल्लीमा आयोजित ‘एनडिटिभी वर्ल्ड समिट ...

केरुङ–काठमाडौँ रेलमार्ग: सम्भाव्यता अध्ययन पूरा
काठमाडौँ, कात्तिक ९ गते । बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन (फिजिविलिटी स्टडी रिपोर्ट) पूरा भएको छ । नेपाल रेलवे बोर्डका प्रशासक हरिकुमार पोख... ...

अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर अस्ट्रेलियन डलर, युरो लगायत कतिपय मुद्रा भने महँगिएका छन्। पाउन्डसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ ... ...

पुनः वर्षाको सम्भावना
काठमाडौं । नेपालमा पुनः वर्षाको सम्भावना देखिएको छ । बंगालको खाडीमा विकसित मौसमी प्रणालीले यस साताको अन्त्यमा नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने पूर्वानुमान छ । विशेष गरी बिहीबारदेखि शनिबार (कात्तिक १२-१५)सम्म यसको प्रभाव बढी पर्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय क्षेत्र क्रमशः बलियो बन्दै चक्रवातमा परिणत हुने सम्भावना छ ...


