पुनः वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पुनः वर्षाको सम्भावना देखिएको छ । बंगालको खाडीमा विकसित मौसमी प्रणालीले यस साताको अन्त्यमा नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने पूर्वानुमान छ । विशेष गरी बिहीबारदेखि शनिबार (कात्तिक १२-१५)सम्म यसको प्रभाव बढी पर्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय क्षेत्र क्रमशः बलियो बन्दै चक्रवातमा परिणत हुने सम्भावना छ । त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने भएकाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको जोखिम बढ्ने अनुमान गरिएको छ । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबारदेखि सुरु हुने मौसमी प्रभाव शुक्रबार र शनिबार थप सक्रिय हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली जिल्लाका केही स्थान तथा पहाडी भू-भागमा वर्षाको सम्भावना छ । शनिबारसम्म पूर्वी नेपालमा यसको प्रभाव तुलनात्मक रूपमा बढी रहने अनुमान गरिएको छ । पश्चिम नेपालका केही स्थानमा पनि वर्षा र हिमपात हुनसक्ने भए पनि कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीको पश्चिमी भागमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने आँकलन गरिएको छ । मौसमविद्ले हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण गर्ने पर्यटकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । मौसम प्रतिकूल हुने अवधिमा नयाँ पदयात्रा योजना स्थगित गर्न, यात्रा गर्नुअघि अद्यावधिक मौसमी सूचना लिन र पदयात्रामा रहेका व्यक्तिले सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ । धानबाली भित्र्याउने समयसमेत भएकाले किसानलाई सम्भव भएसम्म वर्षा सुरु हुनुअघि नै बाली सुरक्षित गर्न वा मौसमको अवस्था हेरी उपयुक्त समय छनोट गर्न आग्रह गरिएको छ । पानी जम्ने खेतमा निकासको व्यवस्था मिलाउन र काटिएको धान सुरक्षित स्थानमा राख्नुपर्नेमा मौसमविद्ले जोड दिएका छन् । चार जोखिमयुक्त हिमतालको सतह घटाइनेजलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने, हिमपहिरो जाने तथा हिमताल विस्फोटबाट बाढी आउने जोखिम बढिरहेको छ । यही जोखिमलाई ध्यानमा राख्दै सरकारले चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ । मनाङको ठुलागी, संखुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको जोखिम न्यूनीकरण गर्न ‘ग्लोफ सञ्जीवनी आयोजना’ प्रस्ताव गरिएको छ । सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने प्रस्तावित आयोजनाको कुल बजेट करिब ४९.९ मिलियन अमेरिकी डलर रहेको छ । यसअघि दोलखाको रोल्वालिङ उपत्यकामा रहेको च्छो–रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको अनुभवलाई आधार बनाउँदै नयाँ हिमतालमा पनि त्यस्ता उपाय अपनाउने सरकारको योजना छ । हिमताल विस्फोटबाट उत्पन्न हुने बाढीले तल्लो तटीय क्षेत्रका बस्ती, पूर्वाधार, कृषि भूमि र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याउन सक्ने भएकाले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिएको हो । यस्ता आयोजनाको प्रभावकारिता भने प्राविधिक अध्ययन, वातावरणीय संवेदनशीलता, पर्याप्त बजेट र दीर्घकालीन निगरानीमा निर्भर हुनेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

आजदेखि तेस्रो एनपिएल
काठमाडौँ, कात्तिक ९ गते । एनपिएलको तेस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सुरु हुँदै छ । पहिलो र दोस्रो संस्करण अत्यधिक रूपमा सफल भएपछि नेपाल क्रिकेट सङ्घ (क्... ...

पाथीभरामा एकैदिन दुई हजार तीन सय ५५ भक्तजनले गरे दर्शन
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन्। ...

त्रिभुवन आदर्श क्याम्पसमा श्रेष्ठको अर्धकदको प्रतिमा राखिने
गोपालमान श्रेष्ठको अर्धकदको प्रतिमा क्याम्पस प्रांगणमा राख्ने निर्णय गरेको छ । ...

कस्तो रहला आगामी चार दिनको मौसम ? बिहीबार यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम... ...


