Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र बललाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र बललाई
Photo / Coverage: हिमालय टाइम्स

जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा संचालन भएको स्वर्गीय राष्ट्रिय भलिबल खेलाडी भुवन केसी र दीर्घबहादुर खत्रीको स्मृतिमा सरस्वती युवा क्लब चन्दननाथ-७ जुम्लाले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल त्रिपुरागण जुम्लाले जितेको छ । बिहीबार भएको फाइनल खेलमा सुर्खेतलाई तीन सेटले हराउँदै सशस्त्र प्रहरी बल पहिलो भएको सरस्वती युवा क्लबका संरक्षक तथा कर्णाली भलिबल संघका सदस्य लक्ष्मीबहादुर रावलले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समितिसँगको समन्वयमा सरस्वती युवा क्लब, चन्दननाथ नगरपालिका-७, मिचाले आयोजना गरेको प्रतियोगीतामा जम्मा पाँचवटा टोलीले सहभागी जनाएको सरस्वती युवा क्लबका संरक्षक रावलले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ५१ हजार एक सय रुपैयाँ र दोस्रो हुने टिमले एक लाख एक हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरेको क्लबका संरक्षक चेतनबहादुर रावलले जानकारी दिनुभयो । कर्णाली प्रदेशका खेलाडीलाई ऐक्यबद्ध गराई खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ भलिवल प्रतियोगिता संचालन गरिएको आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निक्षेप तथा कर्जा सुरक्षणको सिइओमा भण्डारी
Latest NewsJust now

निक्षेप तथा कर्जा सुरक्षणको सिइओमा भण्डारी

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा पिताम्बर भण्डारी नियुक्त हुनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्दै नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध भएर काम गर्न निर्देशन दिनुभयो । नवनियुक्त भण्डारी नेपाल राष्ट्र बैंकका ...

हिमालय टाइम्स
इथिकल कन्टेन्ट क्रियसनमा ५० कन्टेन्ट क्रियटर एकै ठाउँ
Latest NewsJust now

इथिकल कन्टेन्ट क्रियसनमा ५० कन्टेन्ट क्रियटर एकै ठाउँ

काठमाडौं । कन्टेन्ट क्रियसन केवल भ्युज र लाइक पाउनुमा मात्र सीमित छैन । नेपालमा डिजिटल प्लेटफर्मको प्रभाव विस्तार हुँदै जाँदा सूचनाको विश्वसनीयता, कन्टेन्ट क्रियटरको सामग्रीले समाजमा पार्ने प्रभावका कारण उनीहरूको नैतिक जिम्मेवारी प्रमुख चासोको विषय बनेका छन् । सोही विषय सम्बोधन गर्न ललितपुरमा ३ नोभेम्बर २०२६ मा ‘टेकपाना कनेक्ट २०२६’ आयोजना भएको थियो । युनेस्कोसँगको सहकार्यमा टेकपानाले आयोजना गरेको एकदिने ...

हिमालय टाइम्स
फ्लेक्सटेक्सले १५औँ वार्षिकोत्सव मनाउँदै
Latest NewsJust now

फ्लेक्सटेक्सले १५औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । स्वदेशमै नेपाली युवाका लागि अर्थपूर्ण रोजगारीका अवसर सिर्जना गर्ने र उनीहरूलाई अन्तर्राष्ट्रिय व्यावसायिक अवसरहरूसँग जोड्ने स्पष्ट दूरदृष्टिका साथ स्थापना भएको फ्लेक्सटेक्स नेपालले आफ्नो यात्राको १५ वर्ष पूरा गर्दैछ । स्थापनाकालदेखि नै संस्थाले नेपाली प्रतिभालाई आफ्नै देशमा रहेर व्यावसायिक अनुभव हासिल गर्न, आफ्नो ज्ञान र क्षमता विकास गर्न तथा दीर्घकालीन व्यावसायिक जीवन निर्माण गर्न अवसर प्रदान गर्ने उद्देश्यलाई प्राथमिकतामा राख्दै ...

हिमालय टाइम्स
गोदावरी मेलामा एक करोड ४६ लाख बढी कारोबार
Latest NewsJust now

गोदावरी मेलामा एक करोड ४६ लाख बढी कारोबार

ललितपुर । फ्लोरिकल्चर एसोसिएसन नेपाल(फ्यान)को आयोजनामा ललितपुरको जावलाखेलमा सम्पन्न १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा एक करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ । मेलाको अन्तिम दिन छ हजार पाँच सय ८१ जनाले मेला अवलोकन गरेका तथा २४ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको फ्यानले जनाएको छ । मेला अवधिमा मौसम प्रतिकूलताका बाबजुद पनि कारोबार र अवलोकनकर्ताको उपस्थिति सोचेअनुरूप नै भएको ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play