काठमाडौं। हुसैन तलातको अर्धशतकमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो। कर्णालीका लागि तलातले ३३ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए। ओपनर अरिफुल इस्लामले ३५, गुल्सन झाले १८ र पवन सर्राफले १५ रन जोडे। चितवनका कमल ऐरी, सलाहुद्दिन खान र उसामा मिरले समान २ विकेट लिए। रिजन ढकाल र सिकन्दर राजाले एक–एक विकेट हात पारे। प्लेअफमा स्थान पक्का गरिसकेको चितवनले अब जवाफी ब्याटिङ गर्नेछ।
कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

Read Complete Original Article
Published originally on नेपालन्युज






