विराटनगर । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यस वर्ष पनि छठ पर्वको अवसरमा दण्डप्रणाम यात्रा सुरु गरेका छन् । आइतबार बिहान विराटनगर–३ ठूलोमिल चोकस्थित राधाकृष्ण शिव पाञ्चायन मन्दिरबाट सुरु भएको उनको यात्रा विराटनगर–१ स्थित परोपकार घाटसम्म पुग्नेछ । पाँच किलोमिटरभन्दा लामो दूरीको यो यात्रा उनले लगातार २९औँ वर्षसम्म निरन्तरता दिएका हुन् । छठी माताप्रतिको आस्थास्वरूप दुई दिनसम्म पानीसमेत नपिई व्रत बसेपछि उनले दण्डवत् गर्दै यात्रा गर्ने गरेका छन् । पराजुलीले आफ्नो व्यक्तिगत मनोकामनाभन्दा पनि देश, जनता, विश्वशान्ति र मानव कल्याणको कामनासहित यात्रा गर्दै आएको बताएका छन् । उनले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र बनाउने अभियानप्रति पनि आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।
२९ वर्षदेखि निरन्तर भीम पराजुलीको दण्डप्रणाम यात्रा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






