Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन् । सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि बिहान ६ः३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए । बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान र सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमको सूचना पालना गर्न आग्रह गरेको छ । इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अल–रिफ्फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी छवटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । गार्डले होर्मुज जलडमरूमध्य बन्द रहेको उल्लेख गर्दै अमेरिकाबाट हुने कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ । इरान र अमेरिका–इजरायलबीच फेब्रुअरी २८ मा सुरु भएको युद्धपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ । युद्धका क्रममा इरानले होर्मुज जलडमरूमध्यबाट हुने जलयातायातमा प्रतिबन्ध लगाउनुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको छ । बहराइनमा अमेरिकाको महत्वपूर्ण नौसैनिक अखडा रहेको छ। यसअघि शुक्रबार पनि इरानी गार्डले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो। अमेरिकी सेनाले भने त्यतिबेला आफ्नो क्षेत्रमा लक्षित दुई इरानी ड्रोन खसालेको जनाएको थियो । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले उक्त घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको जनाएको थियो । खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
५० प्रतिशत निर्माण भएपछि मात्रै जलविद्युत् आयोजनाले  आईपीओ जारी गर्न सक्ने
Latest NewsJust now

५० प्रतिशत निर्माण भएपछि मात्रै जलविद्युत् आयोजनाले आईपीओ जारी गर्न सक्ने

लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । ...

कान्तिपुर
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
Latest NewsJust now

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

तेहरान, कात्तिक २९ गते । इरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन् । सम्भावित सुरक्षा खतरालाई... ...

गोरखापत्र
अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले गरेको विशाल अन्तरिक्षयान स्टारसीपको परीक्षण सफल
Latest NewsJust now

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले गरेको विशाल अन्तरिक्षयान स्टारसीपको परीक्षण सफल

• स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसीपको १५ औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ, जसमा यानले सुरक्षित रूपमा अवतरण गरेको छ। • स्टारसिपले २६ वटा नयाँ स्टारलिंक भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ र पृथ्वीको कक्षमा प्रवेश गरेको छ। • यो प्रणाली पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी विकास गरिएको हो, जसले पृथ्वी, चन्द्रमा, र मंगल ग्रहमा यात्रु र सामग्री ...

नेपालबहस
२९ वर्षदेखि निरन्तर भीम पराजुलीको दण्डप्रणाम यात्रा
Latest NewsJust now

२९ वर्षदेखि निरन्तर भीम पराजुलीको दण्डप्रणाम यात्रा

विराटनगर । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यस वर्ष पनि छठ पर्वको अवसरमा दण्डप्रणाम यात्रा सुरु गरेका छन् । आइतबार बिहान विराटनगर–३ ठूलोमिल चोकस्थित राधाकृष्ण शिव पाञ्चायन मन्दिरबाट सुरु भएको उनको यात्रा विराटनगर–१ स्थित परोपकार घाटसम्म पुग्नेछ । पाँच किलोमिटरभन्दा लामो दूरीको यो यात्रा उनले लगातार २९औँ वर्षसम्म निरन्तरता दिएका हुन् । छठी माताप्रतिको आस्थास्वरूप दुई दिनसम्म पानीसमेत ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play