Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कर्णालीमा बालअधिकार : कानुन बलियो, कार्यान्वयन कमजोर

कर्णालीमा बालअधिकार : कानुन बलियो, कार्यान्वयन कमजोर

10/20/2026, 2:43:52 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीमा बालअधिकार : कानुन बलियो, कार्यान्वयन कमजोर

कर्णाली प्रदेशमा अझै पनि धेरै बालबालिका आफ्ना आधारभूत अधिकारबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको सरोकारवालाले बताएका छन् । नेपालको संविधान र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकार सुनिश्चित गरे पनि कर्णालीमा बालअधिकारको अवस्था सन्तोषजनक नभएको उनीहरुले बताएका हुन् । बालविवाह, बालश्रम, छाउपडी प्रथा, गरिबी, शिक्षा तथा स्वास्थ्य सेवामा सीमित पहुँचलगायतका कारण कर्णालीका बालबालिकाले कानुनले सुनिश्चित गरेका अधिकार व्यवहारमा पूर्ण रूपमा उपभोग गर्न नपाएको उनीहरुको भनाई छ । बाल क्लब सञ्जाल कर्णाली प्रदेशकी महासचिव अस्मिता खड्काले बालबालिकाले केही अधिकार प्राप्त गरे पनि संविधान र कानुनले प्रत्याभूत गरेका सबै अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन् । उनले सरकारले बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, आवश्यक नीति तथा कानुन निर्माण गर्नुपर्ने र सबै तहका निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । अमरज्योति माध्यमिक विद्यालय, नेवारे सुर्खेतका प्रधानाध्यापक खगेन्द्र थापाले बालअधिकार सुनिश्चित गर्न विद्यालय, परिवार, समुदाय र राज्यबीच समन्वय आवश्यक रहेको बताए । उनले बालमैत्री वातावरण निर्माण र बालबालिकाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे । बालअधिकारको क्षेत्रमा काम गर्दै आएको सीसीआर कर्णालीका अध्यक्ष टिकाराम आचार्यले संस्थाले बालअधिकार सुनिश्चित गर्न निरन्तर पैरवी र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले कर्णाली अन्य प्रदेशभन्दा भौगोलिक तथा सामाजिक रूपमा विशिष्ट रहेको भन्दै बालअधिकारको अवस्था अझै सन्तोषजनक नरहेको बताए । ‘कर्णालीमा बालविवाहको दर उच्च छ, बालश्रम र छाउपडीजस्ता कुप्रथा अझै विद्यमान छन् । यस्ता अभ्यासले अन्ततः बालअधिकारको उल्लंघन गरिरहेका छन्,’ उनले भने, ‘त्यसैले बालअधिकार संरक्षणमा सबै सरोकारवाला गम्भीर बन्न आवश्यक छ ।’ यता, कर्णाली प्रदेश सरकारले भने बालबालिकाको संरक्षण, विकास र सहभागितालाई प्राथमिकतामा राख्दै आवश्यक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत शैक्षिक विकास तथा सामाजिक विकास महाशाखाका प्रमुख सुवर्ण खड्काले प्रदेश बालअधिकार समिति गठन गरी बालबालिकाको संरक्षण, विकास, सहभागिता र अधिकारका विभिन्न आयाममा काम सुरु गरिएको बताए । उनले विगतको तुलनामा बालबालिका लक्षित कार्यक्रम तथा लगानी पनि बढाइएको जानकारी दिए । यसैबीच, जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका अनुसार पछिल्लो एक वर्षमा बालबालिकासम्बन्धी १ सय १ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये बाल यौन दुव्र्यवहारका पाँच वटा, जबरजस्ती करणीका ९१ वटा उजुरी दर्ता भएका छन्, जसमा ५२ वटा घटना बालिकासँग सम्बन्धित छन् । त्यस्तै जबरजस्ती करणी उद्योगका पाँच वटा उजुरी पनि दर्ता भएका छन् । सरोकारवालाले कानुनी व्यवस्था बलियो भए पनि त्यसको प्रभावकारी कार्यान्वयन, जनचेतना अभिवृद्धि र राज्यका सबै तहको समन्वित प्रयासबिना कर्णालीमा बालअधिकारको पूर्ण सुनिश्चितता सम्भव नहुने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

लिम्बुवानको इतिहास बोकेका निशान, पूर्वको दशैंमा मौलो काट्ने परम्परा
OthersJust now

लिम्बुवानको इतिहास बोकेका निशान, पूर्वको दशैंमा मौलो काट्ने परम्परा

३ कार्तिक, तेह्रथुम । दशैंको नवमी । गाउँघरमा दुर्गा भवानीको पूजा आराधना चलिरहेको हुन्छ । पूर्वी नेपालको लिम्बुवान क्षेत्रमा भने यही दिन पुस्तौँदेखि चल्दै आएको एउटा ऐतिहासिक परम्परा छ । पुराना हातहतियारसहितका निशान निकालिन्छन्, विधिपूर्वक पूजाआजा गरिन्छ र कतिपय स्थानमा निशान नचाउँदै मौलो काटिन्छ । धार्मिक आस्था र सांस्कृतिक अभ्याससँग जोडिएको यो परम्पराले लिम्बू समुदायको… ...

अनलाइन खबर
पुनर्जागरणको पर्खाइमा दशैं
OthersJust now

पुनर्जागरणको पर्खाइमा दशैं

हामी अहिंसालाई पनि मान्छौँ र हिंसालाई पनि स्वीकार्छौं। हामी बुद्धका करुणाका कुरा गर्छौं तर आफ्नै धर्म, संस्कृति र चाडपर्वमा पुस्तौँदेखि चलिआएका अभ्यासमाथि प्रश्न गर्न हिचकिचाउँछौँ। ...

अनलाइन खबर
टाइगरमाथि आक्रमणको योजना बनाएको दुई महिनापछि ऋतिकले खौरिए टाउको
OthersJust now

टाइगरमाथि आक्रमणको योजना बनाएको दुई महिनापछि ऋतिकले खौरिए टाउको

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको घटनामा पक्राउ परेका आरोपी ऋतिकले आफ्नो पहिचान लुकाउन टाउको खौरिएको खुलासा भएको छ । आक्रमणको योजना बनेको करिब दुई महिनापछि ऋतिकले आफ्नो रूप परिवर्तन गरेका थिए । पहिले लामो कपाल पालेका ऋतिकले पछि पूरै टाउको खौरिएको बताइएको छ । यसो गर्दा आफू बसेको क्षेत्रका मानिसहरूले सजिलै चिन्न नसक्ने… ...

अनलाइन खबर
ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष
OthersJust now

ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष

३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यागमन नीतिलाई जिम्मेवार ठहराएका छन्। ट्रम्प लामो समयदेखि अध्यागमनमा कडाइ गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। ट्रम्पले करिब ८ वर्षअघि नै आफूले म्याक्रोंलाई अन्य देशबाट आउने मानिसहरूलाई ठूलो सङ्ख्यामा फ्रान्समा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play