Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

करको भार घटाउन दरमा पुनरावलोकन र व्यवसाय गर्ने लागत कम गर्नुपर्छः अञ्जन श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
करको भार घटाउन दरमा पुनरावलोकन र व्यवसाय गर्ने लागत कम गर्नुपर्छः अञ्जन श्रेष्ठ
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्युन रहे पनि कर वृद्धिदर उच्च रहेको बताउँदै करको भार घटाउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै श्रेष्ठले नेपालको कर तथा आर्थिक वृद्धिसम्बन्धी तथ्यांकले अर्थतन्त्रमा करको भार बढी रहेको बताएका हुन् । उनकाअनुसार नेपालको कर–कुल गार्हस्थ्य उत्पादन (ट्याक्स टु जीडीपी) अनुपात २१ प्रतिशत पुगेको छ । समग्र कर भुक्तानीको तुलनामा पनि नेपाली करदाताले क्षेत्रीय स्तरमा उच्च कर भार वहन गरिरहेको उनको भनाइ छ । नेपालको जीडीपी वृद्धिदर दक्षिण एशियामै न्युन र कर वृद्धिदर उच्च हुनु अर्थतन्त्रका लागि चुनौतीपूर्ण अवस्था भएको उनले बताए । यस अवस्थाको जिम्मेवारी वर्तमान सरकारलाई मात्र दिन नमिल्ने उल्लेख गर्दै उहाँले विगतका सरकार तथा समग्र नेपाली समाजले यसको जिम्मेवारी लिनुपर्ने बताएका हुन् । व्यवसायीले करको भार बढी भएको महशुस गरिरहेको भन्दै श्रेष्ठले अर्थमन्त्रीलाई करका दर घटाउने दिशामा अघि बढ्न आग्रह गरे । व्यवसाय सञ्चालनको लागत (कस्ट अफ डुइङ बिजनेस) घटाउने विषयलाई प्राथमिकतामा राखेर आर्थिक नीति अघि बढाउनुपर्ने उनको सुझाव छ । नयाँ सरकार गठन भएपछि केही सकारात्मक प्रयास र नीतिगत पहल भएको पनि उनले उल्लेख गरे । सरकार गठन भएको छोटो समयमै तयारी गरेर ल्याइएको चालु आर्थिक वर्षको बजेटमा व्यक्तिगत आयकर दरमा कटौती, भन्सार दरमा कटौती, उधारो असुली, बौद्धिक सम्पती संरक्षण, सीमित दायित्वको साझेदारीसम्बन्धी कानुन तथा सनसेट कानून निर्माणलगायतका दूरगामी महत्त्वका घोषणा हुनु सकारात्मक रहेको उनले बताए । त्यस्तै, निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि सरकारले अघि सारेको निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति (पिआईपिएस) लाई पनि स्वागतयोग्य कदम बताउँदै छिट्टै अब यी कार्यान्वयनमा लैजानुपर्ने उल्लेख गरे । निजी क्षेत्रको संरक्षण, लगानी प्रवद्र्धन र व्यवसाय सञ्चालनको वातावरण सुधार गर्न सरकारले गरेका नीतिगत घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा बताउँदै श्रेष्ठले करको भार कम गर्दै व्यवसाय गर्ने लागत घटाउनसके लगानी र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
९०औँ वार्षिकोत्सवमा नेपाल बैंकले ल्यायो फोन लोन र बीएनपीएल क्रेडिट कार्ड
Latest NewsJust now

९०औँ वार्षिकोत्सवमा नेपाल बैंकले ल्यायो फोन लोन र बीएनपीएल क्रेडिट कार्ड

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बैंकको प्रधान कार्यालय धर्मपथमा सोमबार आयोजित समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्य तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलको विशेष आतिथ्य रहेको थियो । वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकले ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव ...

केन्द्रबिन्दु
दुसित थानी हिमालयन रिसोर्टमा पहिलोपटक ‘केक मिक्सिङ’ समारोह
Latest NewsJust now

दुसित थानी हिमालयन रिसोर्टमा पहिलोपटक ‘केक मिक्सिङ’ समारोह

धुलिखेल । दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलले पहिलोपटक केक मिक्सिङ समारोह आयोजना गर्दै क्रिसमस तथा नयाँ वर्षको तयारी सुरु गरेको छ । आइतबार आयोजित समारोहमा कर्पोरेट तथा ट्राभल क्षेत्रका प्रतिनिधि, पर्यटन संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो । समारोहमा सहभागी पाहुनाहरूले रिसोर्टको पाक टोलीसँग मिलेर ड्राइ फ्रुट्स, नट्स तथा अन्य विशेष सामग्री मिसाएका थिए । क्रिसमसअघि गरिने केक मिक्सिङ ...

केन्द्रबिन्दु
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च
Latest NewsJust now

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल रु चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो। यो वार्षिक लक्ष्यको तुलनामा २३ दशमलव ३७ प्रतिशत हुन आउँछ। चालुगत शीर्षकमा यस आर्थिक वर्षका लागि रु १२ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play