Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

दुसित थानी हिमालयन रिसोर्टमा पहिलोपटक ‘केक मिक्सिङ’ समारोह

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुसित थानी हिमालयन रिसोर्टमा पहिलोपटक ‘केक मिक्सिङ’ समारोह
Photo / Coverage: केन्द्रबिन्दु

धुलिखेल । दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलले पहिलोपटक केक मिक्सिङ समारोह आयोजना गर्दै क्रिसमस तथा नयाँ वर्षको तयारी सुरु गरेको छ । आइतबार आयोजित समारोहमा कर्पोरेट तथा ट्राभल क्षेत्रका प्रतिनिधि, पर्यटन संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो । समारोहमा सहभागी पाहुनाहरूले रिसोर्टको पाक टोलीसँग मिलेर ड्राइ फ्रुट्स, नट्स तथा अन्य विशेष सामग्री मिसाएका थिए । क्रिसमसअघि गरिने केक मिक्सिङ समारोहलाई समृद्धि, प्रचुरता र आपसी सद्भावको प्रतीकका रूपमा लिने गरिन्छ । यसरी तयार पारिएको मिश्रणबाट क्रिसमसका लागि विशेष केक बनाउने परम्परा छ । कार्यक्रममा रिसोर्टका कर्मचारीहरूले पनि सामूहिक रूपमा सहभागिता जनाएका थिए । रिसोर्टले यस समारोहलाई आतिथ्य, आपसी सम्बन्ध र टिम भावनाको उत्सवका रूपमा लिएको जनाएको छ । त्यस्तै, कार्यक्रममा दुसितको पहिचानका रूपमा रहेको वेलनेस सेवालाई समेत समावेश गरिएको थियो । पाहुनाहरूले रिसोर्टमा उपलब्ध विभिन्न वेलनेस थेरापीको अनुभव लिएका थिए । दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलका महाप्रबन्धक अंकित शर्माले पहिलोपटक केक मिक्सिङ समारोह आयोजना गरेर साझेदार तथा पाहुनाहरूसँग चाडपर्वको खुसी साट्न पाउँदा उत्साहित भएको बताए । उनले यस्तो कार्यक्रम चाडपर्व मनाउने माध्यम मात्रै नभई अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने र विभिन्न क्षेत्रका मानिसलाई एकै ठाउँमा जोड्ने अवसर भएको बताए । यसलाई आगामी वर्षदेखि वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिने योजना रहेको उनको भनाइ छ । थाइल्यान्डको आतिथ्य समूह दुसित इन्टरनेसनलसँग आबद्ध यो रिसोर्ट काठमाडौंबाट करिब ३० किलोमिटर पूर्वमा धुलिखेलमा अवस्थित छ । हिमाली दृश्य, सूर्योदय र शान्त वातावरणका कारण परिचित धुलिखेल सप्ताहान्त भ्रमण, पारिवारिक बिदा तथा कर्पोरेट कार्यक्रमका लागि लोकप्रिय गन्तव्यका रूपमा रहेको छ । रिसोर्ट नजिकै रहेका नमोबुद्ध र ऐतिहासिक पनौती बजारले समेत पर्यटकलाई थप आकर्षित गर्दै आएका छन् । चाडपर्वको मौसममा यस्ता कार्यक्रममार्फत धुलिखेललाई उत्सव तथा मनोरञ्जनका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने रिसोर्टको लक्ष्य रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाका सीईओको राजीनामाले चिनियाँ प्रविधि कम्पनीको व्यवसायमा असर नपरेको दाबी
Latest NewsJust now

एनभिडियाका सीईओको राजीनामाले चिनियाँ प्रविधि कम्पनीको व्यवसायमा असर नपरेको दाबी

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनीहरूले अमेरिकी चिप निर्माता एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको राजीनामाले आफ्नो व्यवसायमा कुनै असर नपारेको बताएका छन् । उनीहरूले नियमित अर्डर, स्थापित खरिद प्रक्रिया र... ...

रातोपाटी
अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’
Latest NewsJust now

अर्घाखाँचीमा पहिलोपटक देखियो नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’

अर्घाखाँची, मङ्सिर १ गते । नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रम... ...

गोरखापत्र
अमेरिकी चिप प्रतिबन्धको सामना गर्न चीनले आफ्नै प्रविधि विकास गर्दै
Latest NewsJust now

अमेरिकी चिप प्रतिबन्धको सामना गर्न चीनले आफ्नै प्रविधि विकास गर्दै

बेइजिङ । चीनले अमेरिकी एआई कम्पनीका अत्याधुनिक मोडलबाट प्राप्त जवाफ र तथ्याङ्क प्रयोग गरेर आफ्नै प्रतिस्पर्धी एआई प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाएको छ । अमेरिकी चिप निर्यात प्रतिबन्धका कारण अत्याधुनिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play