‘कबड्डी ५’ को कमाइ ७ करोड नाघ्यो

काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘कबड्डी ५’ ले घरेलु बक्स अफिसमा ७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । चलचित्रका निर्माता मणिराम पोखरेलका अनुसार मंगलबारसम्ममा ‘कबड्डी ५’ ले देशभरबाट ७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको हो । प्रदर्शनको सुरुवाती दिनदेखि नै चलचित्रले आक्रामक व्यापार गर्दै आएको छ । आइतबारसम्ममा ५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको चलचित्रले त्यसपछि पनि व्यापारलाई तीव्रता दिएको हो । दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्रप्रति हलमा दर्शकको आकर्षण बढ्दो छ । चलचित्रका अधिकांश शो हाउसफुल भइरहेका छन् । मंगलबार बिहानसम्म उपलब्ध शोमध्ये ६० भन्दा बढी शो हाउसफुल भएको जनाइएको छ । आज र भोलि देशभरका हल सञ्चालकले टिकटमा सहुलियत दिने भएकाले चलचित्रको व्यापार थप बढ्ने अपेक्षा गरिएको छ । दर्शकको बढ्दो चासो र हलमा देखिएको भीडले चलचित्रको आगामी व्यापारप्रति निर्माण पक्षलाई उत्साहित बनाएको छ । चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय छ । बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन् ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चक्रवात ‘अर्णव’को प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन निर्देशन
बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, चट्याङ, तीव्र हावाहुरी र हिमपातको जोखिम रहेकाले नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनी, विमानस्थल र चालकदललाई मौसमको अवस्था मूल्यांकन गरी उडान सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ । ...

एनपीएल: दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित
• सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो। • कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ र इशान पाण्डेले ३७ रन बनाउँदै ७४ रनको साझेदारी गरे। • पोखराले २० ओभरमा १४५ रन बनाएको थियो, जसमा अर्जुन घर्तीले ४० रनको योगदान दिए। ...

पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो । पोखराले दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ५१ रन बनाएका थिए भने इशान पाण्डेले ३७ रन बनाएका थिए ...

सुदूरले पाेखरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ। बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित दर्ता गरेको... ...


