Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो, नेपालमा महँगी बढ्ने जोखिम

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो, नेपालमा महँगी बढ्ने जोखिम

10/26/2026, 9:16:03 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो, नेपालमा महँगी बढ्ने जोखिम

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ । पश्चिम एसियामा चर्किएको तनावका कारण तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेसँगै मूल्य उकालो लागेको हो । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ११५ डलर आसपास कारोबार भइरहेको छ । पछिल्लो एक सातामा यसको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । ब्रेन्ट क्रुडको मूल्य पछिल्लो ५२ साताको उच्चतम स्तर ११७.४१ डलर प्रतिब्यारेलको नजिक पुगेको छ । नेपालले पेट्रोलियम पदार्थको आन्तरिक माग पूरा गर्न आयातमा निर्भर रहनुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यवृद्धिले प्रत्यक्ष रूपमा आयात खर्चमा दबाब पार्न सक्छ । कच्चा तेल तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य लामो समय उच्च रहेमा नेपाल आयल निगमको खरिद लागत बढ्ने र त्यसको असर इन्धनको आन्तरिक मूल्यमा पर्न सक्ने जोखिम हुन्छ । इन्धनको मूल्य बढ्दा यातायात तथा ढुवानी खर्च वृद्धि हुने भएकाले कृषि उत्पादन, औद्योगिक वस्तु र दैनिक उपभोग्य सामग्रीको मूल्यमा समेत दबाब पर्न सक्छ । यसले समग्र मुद्रास्फीति बढाउने जोखिम सिर्जना गर्छ । इन्धनको मूल्यवृद्धिले आयात खर्च बढाएमा नेपालको विदेशी मुद्रा सञ्चितिमा समेत दबाब पर्न सक्छ । पश्चिम एसियामा जारी तनाव र थप द्वन्द्वको सम्भावनाले विश्व ऊर्जा बजारमा अनिश्चितता बढाएको छ । एनरिच मनीका प्रमुख कार्यकारी अधिकृत पोन्मुडी आरका अनुसार मध्यपूर्वमा जारी तनाव र आपूर्ति अवरोधको चिन्ता कच्चा तेलको मूल्य उच्च रहनुका प्रमुख कारण हुन् । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको मूल्य प्रतिब्यारेल १०१ देखि १०२ डलरको आसपास रहँदा ब्रेन्ट क्रुड ११५ डलरभन्दा माथि कारोबार भइरहेको छ । यसैबीच, ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गको सुरक्षालाई लिएर पनि चिन्ता बढेको छ । उक्त जलमार्गबाट विश्वको समुद्री मार्ग हुँदै हुने कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानीको करिब २० देखि २५ प्रतिशत हिस्सा ओसारपसार हुन्छ । त्यहाँ हुने अवरोधले विश्व बजारमा तेलको आपूर्ति र मूल्य दुवै प्रभावित गर्न सक्छ । अमेरिकाले साउदी अरबमा गैरआकस्मिक सरकारी कर्मचारी र उनीहरूका योग्य परिवारका सदस्यलाई सुरक्षा जोखिमका कारण देश छाड्न आदेश दिएको छ । त्यहाँ हालै भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणले ऊर्जा पूर्वाधार र ढुवानी सुरक्षाबारे चिन्ता थपेको छ । पश्चिम एसियामा भएका आक्रमण र द्वन्द्वका कारण क्षेत्रीय तेल प्रशोधन क्षमताको दैनिक करिब ३० लाख ब्यारेल प्रभावित भएको समाचारमा उल्लेख छ । आपूर्ति अवरोध लम्बिएमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य थप बढ्न सक्ने जोखिम छ । नेपालमा यसको वास्तविक असर भने अन्तर्राष्ट्रिय बजारमा मूल्य कति समय उच्च रहन्छ, पेट्रोलियम पदार्थको खरिद मूल्य, अमेरिकी डलरको विनिमय दर तथा नेपाल आयल निगमको मूल्य समायोजनमा निर्भर हुनेछ । मूल्यवृद्धि लामो समय कायम रहेमा आयात खर्च बढ्नुका साथै यातायात, उत्पादन र उपभोग्य वस्तुको मूल्यमा थप दबाब पर्न सक्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज सुरु
OthersJust now

दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज सुरु

दशैँको लामो सार्वजनिक बिदा सकिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन बिस्तारै पुरानै लयमा फर्किएको छ । प्रशासनिक केन्द्र सिंहदरबारलगायत सरकारी कार्यालयहरू आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् । दशैँका अवसरमा सरकारले दिएको लामो बिदापछि आज पहिलो दिन कार्यालय खुले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति भने अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन । बिहान नौ बजेदेखि नै सरकारी कार्यालय खुल्ने नियम भएपनि सिंहदरबारभित्रका विभिन्न ...

पर्दाफास
प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ९ करोडभन्दा बढी रकम जम्मा
OthersJust now

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ९ करोडभन्दा बढी रकम जम्मा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैङ्कमा मैज्दात रु ...

पर्दाफास
भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति
OthersJust now

भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

रसुवा–भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीबाट चार जिल्लाका ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएका ...

पर्दाफास
नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने पुरानै दलदलमा फस्दै त छैन रास्वपा ?
OthersJust now

नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने पुरानै दलदलमा फस्दै त छैन रास्वपा ?

हिजो ‘पुराना’ पार्टीहरूलाई बिगार्ने जुन अन्धभक्ति, नेतृत्वको देवत्वकरण र प्रश्नमाथिको असहिष्णुताको कुसंस्कार हाबी भएको थियो, आज रास्वपामा पनि त्यही रापताप र प्रवृत्ति दोहोरिँदै गरेको देख्दा डर लाग्छ। पात्र मात्र फेर्ने कि पुरानो राजनीतिक संस्कार पनि बदल्ने ? ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play