औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो । सो क्रममा विभिन्न चार प्रकारका लागू औषध सञ्चालिकाको साथबाट बरामद गरिएको थियो । प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप–पी (कोडिन) छ हजार ४ सय चक्की, प्रेगाबालिन ४ सय ५० चक्की, लोराजेपाम १ सय ५० चक्की र क्लोर्डियाजेपोक्साइड १ सय ६० चक्की बरामद गरिएको छ । ‘लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ । सोही क्रममा ठूलो परिणामको लागुऔषध फेला पर्यो । औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै लागुऔषधजन्य औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ,’ पासवानले भने । पक्राउ परेकी औषधि पसलका सञ्चालिका माथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटनै लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो । प्रहरीले त्यस्ता औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउने गरेको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृ*त्यु, २२९ घाइते
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ७८ जना घाइते भएका छन्। त्यसैगरी मधेश प्रदेशमा ५३, गण्डकी प्रदेशमा २३, काठमाडौं उपत्यकामा १९, सुदूरपश्चिम प्रदेशमा १८, लुम्बिनी प्रदेशमा १७, बागमती प्रदेशमा १५ र कर्णाली प्रदेशमा ६ जना घाइते ...

पाकिस्तानका कप्तान फरहान एनपीएल खेल्न आइपुगे काठमाडौं
काठमाडौं । पाकिस्तानका टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्न काठमाडौं आइपुगेका छन् । उनी कर्णाली याक्समा अनुबन्ध भएका छन् । फरहानलाई कर्णालीको व्यवस्थापन टोलीले विमानस्थलमा स्वागत गरेको थियो । फरहान यसपटक एनपीएल खेल्ने ठूला स्टार मध्ये एक हुन् । फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो ...

विदुरलाई नयाँ आर्थिक केन्द्र बनाउने पुनर्निर्माण प्रस्तावको आधार के, चीनसँग कस्तो सहकार्य
EPA भोटेकोशी बाढीपछिको पुनर्निर्माणबारे नेपाल सरकार र दातृ निकायलाई सुझाव दिइरहेका एक जना विज्ञले नुवाकोटको विदुरलाई नयाँ आर्थिक केन्द्र बनाउने हिसाबले दीर्घकालीन नीति अवलम्बन गरिनुपर्ने बताएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ...

जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्तावित तीन परियोजना स्वीकृत
काठमाडौँ। कृषि वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन् । विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनुलाई कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएकी छिन् । मन्त्री चौधरीले यस ...


