Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित गर्न औषधि उद्योग तथा यससँग सरोकार रहेका निकाय तथा व्यक्तिलाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । औषधि उद्योगको विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रुपमा उक्त रेक्टिफाइड स्पिरिट ९इथोनल ९५ प्रतिशत० को प्रयोग हुँदै आएको छ । उक्त पदार्थले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको गुणस्तर सुनिश्चित हुनु अत्यावश्यक रहेको भन्दै यसको मात्रा सुनिश्चितताका लागि विभागले उक्त निर्देशन दिएको हो । विभागका महानिर्देशक भरत भट्टराईका अनुसार हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायतका उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने रेक्टिफाइड स्पिरिट प्रयोग हुँदै आएको छ । उक्त पदार्थको उत्पादन तथा प्रशोधन प्रक्रिया आधिकारिक फार्माकोपियामा निर्धारित मापदण्डअनुसार भए नभएको सुनिश्चित गर्न आवश्यक छ । औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर भारतीय फार्माकोपिया ब्रिटिस फार्माकोपिया र संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायतका मान्यताप्राप्त फार्माकोपियामा तोकिएका मापदण्डअनुरूप हुनुपर्ने महानिर्देशक भट्टराईले जानकारी दिए । विभागले निर्धारित मापदण्डअनुसार गुणस्तर कायम भएको रेक्टिफाइड स्पिरिट मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन औषधि उद्योग तथा सरोकारवालालाई सोमबार सूचित गरेको हो । सो व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुने विभागले जनाएको छ । साथै, विभागीय निर्णयअनुसार यस विषयमा सम्बन्धित सबैलाई जानकारी गराइएको सूचनामा उल्लेख छ । यसैबीच विभागले प्लाटिनम समूहका औषधि तथा डायलाइसिस सोलुसनको बजारमा उपलब्धताका बारेमा जानकारी गराएको छ । जीवनरक्षक औषधिको निरन्तर बजार उपलब्धता सुनिश्चित गर्न तथा बिरामीलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विभागले सम्बन्धित औषधिको बजार उपलब्धताबारे जानकारी गराएको हो । विभागका अनुसार पछिल्लो समय प्लाटिनम समूहका सिस्प्लाटिन कार्बोप्लाटिन तथा डायलाइसिस सोलुसनलगायतका औषधि उपलब्ध नभएको वा न्यून रहेको जानकारीपछि ती औषधि सहज रूपमा उपलब्ध हुने फर्म तथा वितरकको विवरण सार्वजनिक गरिएको हो । विभागले सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित रूपमा राखी नियमित बजार उपलब्धता सुनिश्चित गर्न अनुरोध गरेको छ । यसैबीच दसैँलगत्तै प्राविधिक स्तरोन्नति (पिएचपी अपग्रेड) हुन नसक्दा अवरुद्ध रहेको विभागको अनलाइन सेवा आजदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ । विभागले अनलाइनमार्फत प्रदान गर्दै आएका दर्तालगायतका सेवा आजैदेखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी पनि सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाँकेको चिसापानीमा जात्राका क्रममा झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर
Latest NewsJust now

बाँकेको चिसापानीमा जात्राका क्रममा झडप, प्रहरीद्वारा आठ राउण्ड हवाई फायर

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ । मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले एक स्थानीयमाथि कुटपिट गर्नुका साथै प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान करिब ४ बजे चिसापानीमा १५ जनाको समूहले स्थानीय बानियाभार निवासी ४२ वर्षीय प्रेमबहादुर थापामाथि ...

केन्द्रबिन्दु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ । राष्ट्र बैंकले तोकेको दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपेली तथा अन्य प्रमुख पश्चिमा मुद्राहरूको विनिमय दर पनि महँगो देखिएको छ । आज युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ...

लुम्बिनी सञ्चार
अयोध्या- जनकपुर चल्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतको भव्य तयारी (तस्बिरहरु)
Latest NewsJust now

अयोध्या- जनकपुर चल्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतको भव्य तयारी (तस्बिरहरु)

जनकपुरधाम– भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनपछि अयोध्या धामबाट सोमबार दिउँसो १२ः३० बजे प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने […] ...

काठमाण्डुपाटी
गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी, एक विद्यालयको छाना उडायो
Latest NewsJust now

गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी, एक विद्यालयको छाना उडायो

असोजको बाढीबाट विस्थापित स्थानीयहरू मंगलबार बिहानदेखि चलेको भीषण हावाहुरीका कारण घरभित्रै बस्न बाध्य भएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement