Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/ओलीको कटाक्ष- नक्कली भगवान् जन्मिएर हैरान पारेका छन्

ओलीको कटाक्ष- नक्कली भगवान् जन्मिएर हैरान पारेका छन्

10/27/2026, 6:03:06 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ओलीको कटाक्ष- नक्कली भगवान् जन्मिएर हैरान पारेका छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको उनको टिप्पणी छ । भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्ति रहेको भन्दै उनले समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरे । ओलीले भने, ‘अब यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दाखेरि चाहिँ अनि भगवान्हरू छ्याप्छ्याप्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए, धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन् । पार्वतीले ’अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने सराप दिइन् । अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस् । भनेपछि ठप्प भए देवताहरू अब । अब देवता, बढी देवता जन्मिदैनन् । तर पार्वतीले सराप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैँले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’ अध्यक्ष ओलीले पछिल्लो समय योगलाई पनि ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए । योगको सुरुवाती चरण कुनै ईश्वरसँग सम्बन्धित नरहेको उनको दाबी छ । अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उनले बताए । यिनै मान्यतालाई आधार बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ । त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट । यसैकारण यो अष्टाङ्ग योगको अष्टाङ्गमध्येको पहिलोले के भन्छ भन्दाखेरि– यम, दोस्रोले के भन्छ– नियम । यो गर, यो नगर । यम, नियम भनेको त्यो । हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिँड, सबैको सुरक्षा भन्छ । अस्तेय, अर्काको सम्पतीमा लोभ नगर । आफ्नो हकको, जायज हकको चीजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ । हामीले खोजेकै त्यही त हो नि !’ अरूको सम्पत्तिमा लोभ नगर्ने र आफ्नो जायज हकमा मात्र सीमित रहने मान्यता आफूहरूले खोजेको सामाजिक आदर्शसँग मेल खाने ओलीको भनाइ छ । पतञ्जलिको योगमा आइपुग्दा योग दर्शन ईश्वरवादसँग मिसिएको उनले दाबी गरे । त्यसअघि सांख्य र शैव परम्परामा योग ईश्वरवादसँग नमिसिएको उनको भनाइ छ । ‘तर यसमा के छ भनेदेखि यहाँ आइपुग्दाखेरि योग पतञ्जलिमा आइपुग्दाखेरि ईश्वरवादमा मिसिन गएको छ । त्योभन्दा अगाडि ईश्वरवादमा योग मिसिँदैन । सांख्यमा ईश्वरवादमा योग मिसिँदैन, शैवमा ईश्वरवादमा योग मिसिँदैन । आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन् । बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख । शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ,’ उनले भने । ओलीले योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने पनि बताए । उनले मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ खोज तथा अनुसन्धान र रैथाने ज्ञान, सीप तथा परम्पराको खोजीमा ध्यान दिन आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एनपीएल : कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित
OthersJust now

एनपीएल : कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो । जनकपुरका मयान यादवले १४, त्रित राज दासले १ र मोइन अलीले १९ रन बनाए । ...

पर्दाफास
रास्वपाकै पूर्व अडान विपरीतका प्रावधान राखेर आयो भूमि अध्यादेश
OthersJust now

रास्वपाकै पूर्व अडान विपरीतका प्रावधान राखेर आयो भूमि अध्यादेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याएको भूमि अध्यादेशमा रास्वपा प्रतिपक्षमा हुँदा ल्याउनै हुँदैन भनेको प्रावधान समेत हुबहु राखिएको छ । ...

अनलाइन खबर
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार जना पक्राउ
OthersJust now

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार जना पक्राउ

काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौँ महानगरपालिका-१३ कालीमाटी बस्ने ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play