ओमानविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, देव खनाल प्लेइङ–११ मा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन्। लिग २ को अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग पराजित भएको थियो । नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । अब नेपालले ओमानलाई हराए फेरि छैटौं स्थानमा उक्लिनेछ । लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

वीरगन्जबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको छ । ...

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र... ...

सम्पदाका मौनसेवक : जसले वसन्तपुरका झिँगटीमा आफ्नो जवानी सुम्पे
काठमाडौँ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायर प्राचीन कला–संस्कृतिको धरोहर हो । यहाँको नौ तले दरबार, विभिन्न कलात्मक मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ । नौ तले दरबार नजिकै पुगेर... ...

२८ सन्तानकी आमाको रहर
पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी बच्छीमाया कठेतको मातृत्व यात्रा ४७ वर्षको उमेरसम्म चल्यो। वर्षैपिच्छे गर्भवती हुने, सन्तान जन्माउने, हुर्काउने र घरधन्दामा जोतिने क्रममै उनका जीवनका अधिकांश वर्ष बिते। घाँस काट्न जाँदा होस् वा दाउरा बोकेर फर्कंदा, उनले सन्तान जन्माइन्। अस्पताल र स्वास्थ्यकर्मीको सहज पहुँच नभएको त्यो समयमा उनको जीवन मातृत्वको सुखभन्दा बढी सङ्घर्षको कथा बन्यो। इलाम नगरपालिका-५, बरबोटेकी ८४ वर्षीया ...


