Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

एसीसीएको कर प्रणाली विषयमा बीपीसीकी साहारा मघिया विश्वमै तेस्रो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसीसीएको कर प्रणाली विषयमा बीपीसीकी साहारा मघिया विश्वमै तेस्रो
Photo / Coverage: पर्दाफास

द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की विद्यार्थी साहारा मघियाले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) अन्तर्गत सेप्टेम्बर २०२६ मा सञ्चालित परीक्षाको कर प्रणाली (ट्याक्सेसन–टीएक्स) विषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन् । द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्था तथा एसीसीएको प्लाटिनम मान्यताप्राप्त शैक्षिक साझेदार बीपीसीकी विद्यार्थी मघियाले लगातार दुई परीक्षा सत्रमा विश्वका उत्कृष्ट १० विद्यार्थीभित्र स्थान बनाउन सफल भएको द व्रिटिस कलेजका कोअर्डिनेटर अमरदिप मण्डलले जानकारी दिए । यसअघि जुन २०२६ मा सञ्चालित परीक्षामा उनले पर्फर्मेन्स म्यानेजमेन्ट (पीएम) विषयमा नेपाल प्रथम हुँदै विश्वभर आठौँ स्थान हासिल गरेकी थिइन् । दुई फरक विषयमा लगातार अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट नतिजा हासिल गर्नु उनको मेहनत, अनुशासन र अध्ययनप्रतिको लगनशीलताको प्रतिफल भएको मण्डलले जानकारी दिए । मघियाको अन्य विषयको नतिजा पनि उत्कृष्ट रहेको छ । उनले फाइनान्सियल अकाउन्टिङ (एफए) मा ९४ प्रतिशत, म्यानेजमेन्ट अकाउन्टिङ (एमए) मा ८१ प्रतिशत र बिजनेस एन्ड टेक्नोलोजी (बीटी) मा ७८ प्रतिशत अङ्क प्राप्त गरेकी छन् । आफ्नो उपलब्धिबारे प्रतिक्रिया दिँदै मघियाले यी नतिजा निरन्तरको मेहनत, लगनशीलता र कठिन परिस्थितिमा पनि हार नमान्ने प्रयासको परिणाम भएको बताइन् । अध्ययन यात्रामा साथ, मार्गदर्शन र हौसला प्रदान गर्ने शिक्षक, परामर्शदाता तथा बीपीसी परिवारप्रति उनले आभार व्यक्त गरिन् । उनले यो उपलब्धिलाई आफ्नो अध्ययन यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिँदै यसले आगामी दिनमा अझ उच्च लक्ष्य हासिल गर्न प्रेरणा दिएको बताइन् । बीपीसीका व्यावसायिक शिक्षा प्रमुख दीपेन्द्र के. श्रेष्ठले मघियाको सफलता उनको लगनशीलता, अनुशासन र निरन्तर मेहनतको प्रतिफल भएको बताए । लगातार दुई परीक्षा सत्रमा विश्वस्तरमा उत्कृष्ट स्थान हासिल गर्नु असाधारण उपलब्धि भएको उल्लेख गर्दै उनले यसले कलेजलाई गौरवान्वित बनाएको बताए । श्रेष्ठले एसीसीएको प्लाटिनम मान्यताप्राप्त शैक्षिक साझेदारका रूपमा बीपीसीले विद्यार्थीलाई गुणस्तरीय व्यावसायिक शिक्षा, दक्ष शैक्षिक मार्गदर्शन र उपयुक्त सिकाइ वातावरण प्रदान गर्दै आएको जानकारी दिए । मघियाको सफलताले अन्य विद्यार्थीलाई पनि उच्च लक्ष्य निर्धारण गरी एसीसीए अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे । बीपीसी द ब्रिटिश कलेजको भगिनी संस्था हो। यो एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर हो, जुन एसीसीएअन्तर्गत शैक्षिक साझेदारलाई प्रदान गरिने सर्वोच्च मान्यता हो । कलेजले अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त व्यावसायिक योग्यता हासिल गर्न चाहने विद्यार्थीलाई गुणस्तरीय शिक्षा, शैक्षिक सहयोग तथा मार्गदर्शन प्रदान गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जाडोमा एसी लामो समय बन्द राख्दै हुनुहुन्छ ? ५ कुरामा दिनुहोस् ध्यान
OthersJust now

जाडोमा एसी लामो समय बन्द राख्दै हुनुहुन्छ ? ५ कुरामा दिनुहोस् ध्यान

जाडो मौसम सुरु भएसँगै एसीको प्रयोजन ठाउँअनुसार फरक पर्न सक्छ । गर्मी ठाउँ छ भने गर्मीमा दिनरात चल्ने एसी अब धेरै महिनासम्म बन्द अवस्थामा रहन्छ । यदि जाडो ठाउँ छ भने यसको प्रयोग निरन्तर रहन सक्छ । तर पनि जाडोको समयमा धेरैजसो एसीहरू प्राय बन्द अवस्थामै राखिन्छ । जाडोमा एसीलाई लामो समयसम्म बन्द राख्नुअघि यसको… ...

अनलाइन खबर
मनोज केसी : शक्तिशाली राजनीतिक अनुहारलाई अनुसन्धानमा तानेका अधिकृत अब संगठनको नेतृत्वमा
OthersJust now

मनोज केसी : शक्तिशाली राजनीतिक अनुहारलाई अनुसन्धानमा तानेका अधिकृत अब संगठनको नेतृत्वमा

काठमाण्डु- नेपालको उच्च राजनीतिक तहसमेत मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निर्णायक मोडमा पुर्‍याउने प्रहरी अधिकृतका रूपमा परिचित छन् डा. मनोजकुमार केसी । उनै चर्चित अफिसर केसी बुधबारदेखि चनेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका छन्। राजनीतिक र प्रशासनिक तहका प्रभावशाली व्यक्तिहरूको नाम जोडिएको उक्त प्रकरणको अनुसन्धान अघि बढाउँदा पटक–पटक सरुवामा परेका केसी अन्ततः प्रहरी महानिरीक्षक (आईजीपी) […] ...

काठमाण्डुपाटी
हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन
OthersJust now

हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play