Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

एसिया कप राइजिङ स्टार्स: भारत ए पाकिस्तान ए सँग ४८ रनले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसिया कप राइजिङ स्टार्स: भारत ए पाकिस्तान ए सँग ४८ रनले पराजित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ले भारत ‘ए’लाई ४८ रनले पराजित गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति सम्पन्न भएको समूह ‘बी’को खेलमा पाकिस्तान ‘ए’ले दिएको ३१४ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ४९.१ ओभरमा २६५ रनमा समेटिएको थियो । भारतका लागि कप्तान तिलक वर्माले उत्कृष्ट ब्याटिङ गर्दै १४९ बलमा १०० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले आफ्नो इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, अभिषेक शर्माले ४२ बलमा ७० रन बनाए भने शहबाज अहमदले ५६ रनको योगदान दिए । एक समय कमजोर अवस्थामा पुगेको भारतलाई तिलक र शहबाजले सातौँ विकेटका लागि ११२ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर अन्य ब्याटरले साथ दिन नसक्दा भारत लक्ष्यसम्म पुग्न सकेन । पाकिस्तानका अली रजाले ३ तथा हसन नवाजले ३ विकेट लिए । मोहम्मद इमरान रन्धावाले २ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३१३ रन बनाएको थियो । पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९ रन बनाए भने माज सदाकतले ५९, फरहान युसुफले ५६ र सामिल हुसेनले ३३ रन बनाए। कप्तान अब्दुल समदले २८ रनको योगदान दिए । भारतका हर्षित राणाले २ तथा प्रिन्स यादवले २ विकेट लिए । सूर्यांश शेड्गे र विप्रज निगमले पनि २–२ विकेट हात पारे । यस जितसँगै पाकिस्तान ‘ए’ समूह ‘बी’को शीर्ष स्थानमा पुगेको छ र सेमिफाइनलमा छनौट भएको छ । पाकिस्तान ए ले अब मंगलबार नेपालसँग खेल्ने छ । त्यस्तै भारत ‘ए’ले समूह चरणको आफ्नो अन्तिम खेलमा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्नेछ । The post एसिया कप राइजिङ स्टार्स: भारत ए पाकिस्तान ए सँग ४८ रनले पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित
Latest NewsJust now

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोगितालाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने घोषणा गरेपछि मोफसलका क्रिकेट क्लब सञ्चालकहरू उत्साहित... ...

रातोपाटी
भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सुझाव
Latest NewsJust now

भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको सुझाव

• पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल र भारतबीचको विश्वासको दूरी घटाउन प्राथमिकता दिनुपर्ने बताएका छन्। • उनले सीमा विवाद र व्यापार सम्झौतामा सुधारको आवश्यकता औंल्याउँदै, दुई देशबीचको आर्थिक सहकार्यको सम्भावना पनि रहेको बताएका छन्। • प्रधानमन्त्री शाहको यो भ्रमण भारतका प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने अवसर हुनेछ, जसमा नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल हुनेछ। ...

नेपालबहस
इरानले एकै सातामा वर्षकै सर्वाधिक ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको ट्रम्पको दाबी
Latest NewsJust now

इरानले एकै सातामा वर्षकै सर्वाधिक ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको ट्रम्पको दाबी

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गत एक सातामा मात्रै वर्षभरिकै सबैभन्दा धेरै आक्रमणकारी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्। सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत ट्रम्पले यस्तो... ...

रातोपाटी
घोप्टेभिरमा आज पनि  पाँच घण्टा आवागमन बन्द, बिपद्काका कारण  गोरखाका दुई सडक अझै अबरुद्ध ,
Latest NewsJust now

घोप्टेभिरमा आज पनि पाँच घण्टा आवागमन बन्द, बिपद्काका कारण गोरखाका दुई सडक अझै अबरुद्ध ,

• चितवनको नागढुंगा–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ, दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरिनेछ। • गोरखाको सोती–मान्बु जाने पुल बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ, जुन गत असोज २५ गतेदेखि अवरुद्ध छ। • दुवै स्थानमा सवारी तथा आवागमनको अवस्था हेरेर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement