एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार राशि घोषणा गरेका हुन् । नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको थियो । एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि रहेको अध्यक्ष चन्दको भनाइ छ । उनले सरकारले पनि टोलीका लागि पुरस्कार घोषणा गर्नुपर्नेमा जोड दिए । अध्यक्ष चन्दले देशको अर्थतन्त्र र खेलकुद क्षेत्र चलायमान बनाउन एनपिएलले ठूलो टेवा पु¥याएको पनि बताए । उनले कठिन परिस्थितिमा पनि सबै निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको बताए । उनले एनपिएलको वित्तीय पारदर्शिता, अडिट प्रक्रियामा पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा धेरै सुधार भएको पनि उल्लेख गरे ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे
मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो... ...

सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला
सप्तरी । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले सप्तरी सहिदहरूको भूमि भएको बताएकी छन् । सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आज आयोजना गरेको दसैँ, तिहार तथा... ...

न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको छ । आइतबार प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा भएको खेलमा न्युक्यासलले दोस्रो हाफमा दुई गोल गरेको... ...

हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा हल सिटी र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेलेका छन् । दुवै टोलीले एक–एक गोल गरेपछि अङ्क बाँडेका हुन् । ब्रेन्टफोर्डले दोस्रो हाफमा पुनरागमन गर्दै... ...


