एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का लागि परीक्षा आवेदन फारम खुला गरेको छ। बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईईमा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन फारम भर्न आग्रह गरेको हो। सूचनाअनुसार विद्यार्थीहरूले २०८३ कात्तिक १ गतेदेखि मंसिर ८ गतेसम्म परीक्षा आवेदन फारम भर्न सक्नेछन्। आवेदनका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ। यसैगरी, बोर्डले शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीका लागि रजिस्ट्रेशन फारम भर्ने व्यवस्था पनि खुला गरेको छ। कक्षा ९ का विद्यार्थीले कात्तिक ९ गतेदेखि मंसिर १३ गतेभित्र रजिस्ट्रेशन फारम भरिसक्नुपर्नेछ। रजिस्ट्रेशनका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क तोकिएको छ। बोर्डले सम्बन्धित विद्यालयलाई निर्धारित समयभित्र विद्यार्थीको रजिस्ट्रेशन तथा परीक्षा आवेदन प्रक्रिया पूरा गराउन आग्रह गरेको छ। The post एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
कोकिला ढकाल इलाम, कात्तिक ११ गते । मौसम विज्ञान विभागले आगामी कात्तिक १२ गते देखि १५ गतेसम्म पानी पर्ने सम्भावनाको संकेत गरेपछि जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाबासीलाई उच्च सत... ...

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’
पाल्पा।पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो। महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ। महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो। तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको छ। विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ...

लङ मार्च र आधुनिक चीनको राजनीतिक यात्रा
यो त्याग, बलिदान, सङ्घर्ष र तपस्याको कथा हो । चिनियाँ नागरिकको गौरवपूर्ण ऐतिहासिक सपना साकार पार्ने सङ्कल्प र उत्साहको वृत्तान्त हो । यो लालसेनाका सैनिकहरूको त्याग र बलिदानसँग जोडिएको राजनीतिक इतिहास हो । राष्ट्रियता, एकता, समानता र आर्थिक विकास चीनका प्रमुख लक्ष्य हुन् । यही अक्टोबर २२ मा चीनले ऐतिहासिक लङ मार्चको ९०औँ वार्षिकोत्सव मनायो […] ...

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता,उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागले इनर्जी ड्रिंक्स से... ...


