एल क्लासिकोमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत बहुप्रतीक्षित एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा जित निकाल्दै रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनामाथि महत्त्वपूर्ण सफलता हासिल गरेको हो । रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धालाई विश्व फुटबलकै चर्चित भिडन्तमध्ये एक मानिन्छ । दुवै टोलीका समर्थकले निकै चासोका साथ हेर्ने यस खेलमा रियल मड्रिडले बार्सिलोनालाई उसकै मैदानमा पराजित गरेको छ । खेलको ४१औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोनाका राफिन्हाले ६१औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। तर, खेलको ८७औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल म्याड्रिडले २–१ को जित पक्का गरेको थियो । यस जितसँगै रियल म्याड्रिडले जारी सिजनको लिगमा बार्सिलोनालाई पहिलो हार चखाएको छ । बार्सिलोना १० खेलबाट २७ अंकसहित शीर्ष स्थानमा कायम छ भने एट्लेटिको मड्रिड २६ अंकसहित दोस्रो र रियल मड्रिड २४ अंकसहित तेस्रो स्थानमा रहेका छन् । रियलले यस जितसँगै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी तीनमा झारेको छ । The post एल क्लासिकोमा रियल म्याड्रिडको रोमाञ्चक जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०... ...

दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर
काठमाडौं । खोटाङमा दशैंको टीका थाप्न गएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका छन् । धारिलो हतियार प्रहार गर्ने अरु कोही नभएर ज्वाइँ हुन् । र, ती व्यक्ति हुन् ४३ वर्षीय नइन्द्रकुमार राई ।हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा यो घटना भएको हो । ज्वाईंको आक्रमणबाट घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया […] ...

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
• इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ। • दुर्घटना आइतबार बिहान करिब ६ः३० बजे भएको र गाडी सडकबाट करिब दुई मिटर तल खसेको छ। • प्रहरीले घटनास्थलमा पुगेर जाँचबुझ गरिरहेको छ र थप अनुसन्धान भइरहेको छ। ...

लिमीमा पुगेन अनुदानको खाद्यान्न
हुम्ला समाचारदाताहुम्ला, कात्तिक ९ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर... ...


