Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पालाई एसिया प्यासिफिक स्क्रिन अवार्ड

‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पालाई एसिया प्यासिफिक स्क्रिन अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पालाई एसिया प्यासिफिक स्क्रिन अवार्ड

काठमाडौं । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)की मुख्य अभिनेत्री पुष्पा थिङ लामाले १९औं एसिया प्यासिफिक स्क्रिन अवार्डमा उत्कृष्ट अभिनयको अवार्ड जित्नुभएको छ । अस्ट्रेलियाको गोल्ड कोष्टमा शुक्रबार आयोजित समारोहमा उहाँले उक्त अवार्ड प्राप्त गर्नुभएको हो । अविनाशविक्रम शाह निर्देशित यो चलचित्र तीन विधामा मनोनयनमा परेको थियो । चलचित्र उत्कृष्ट फिल्म, शाह उत्कृष्ट निर्देशक र पुष्पा उत्कृष्ट अभिनय विधामा मनोनित हुनुभएको थियो । अवार्ड जितेपछि पुष्पाले निर्देशक शाह र निर्माता अनुप पौडेलप्रति आभार व्यक्त गर्दै यसलाई आफ्नो अभिनय यात्राको विशेष उपलब्धि बताउनुभएको छ । अन्तिम समयमा अस्ट्रेलिया जाने योजना रद्द गर्नुपरेकाले चलचित्र टोली समारोहमा उपस्थित हुन सकेन । यसअघि सन् २०२६ को कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको यस चलचित्रले जुरी पुरस्कारसमेत जितेको थियो । पछिल्लो उपलब्धिलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्त्वपूर्ण सफलताका रूपमा हेरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
ताजा खबरJust now

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ । चालु आव २०८३/८४ का... ...

रातोपाटी
अर्णव चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार
ताजा खबरJust now

अर्णव चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

काठमाडौँ, कात्तिक १५ गते । अर्णव चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रण... ...

गोरखापत्र
अमेरिकाले युक्रेनलाई क्षेप्यास्त्र बिक्री गर्ने
ताजा खबरJust now

अमेरिकाले युक्रेनलाई क्षेप्यास्त्र बिक्री गर्ने

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १५ गते । रुसको बढ्दो हवाई आक्रमणबाट युक्रेनको रक्षा गर्न अमेरिकाले पाँच सय वटा प्याट्रिअट क्षेप्यास्त्र बिक्री गर्ने भएको छ । अमेरिकी निजी टेल... ...

गोरखापत्र
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
ताजा खबरJust now

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा छ। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play