Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

एलपी ग्यासमुक्त पालिकाको अवधारणा अघि बढाउने तयारीमा सरकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
एलपी ग्यासमुक्त पालिकाको अवधारणा अघि बढाउने तयारीमा सरकार
Photo / Coverage: टक्सार

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित कार्यक्रमका रूपमा मात्र सिमित नराखी उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि ठूला जलविद्युत आयोजनासँगै सौर्य ऊर्जा, लघु जलविद्युत, बायोग्यास तथा बायोमासको विकास र उपयोगमा जोड दिए । उनले आगामी दिनमा एलपी ग्यासमुक्त पालिकाको अवधारणा अघि बढाउने सरकारको तयारी रहेको जानकारी दिँदै त्यसका लागि प्रत्येक पालिकाको ऊर्जा सम्भाव्यता, माग, खपत र भविष्यको आवश्यकताका आधारमा योजना बनाउन समेत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई निर्देशन दिए । उनले नवीकरणीय ऊर्जालाई उद्योग, कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोड्न आवश्यक कार्य योजना बनाउन समेत केन्द्रलाई निर्देशन दिएका छन् । नवीकरणीय ऊर्जा क्षेत्रमा निजी लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलताको विकास आवश्यक रहेको उल्लेख गर्दै उनले यसका लागि सरकार क्रियाशील रहेको बताए । उनले विश्वव्यापी जलवायु परिवर्तनका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढिरहेको भन्दै केन्द्रिकृत ऊर्जा प्रणालीसँगै विकेन्द्रीकृत तथा वितरित नवीकरणीय ऊर्जा प्रणालीको विकास अपरिहार्य आवश्यकता भइसकेको समेत बताए । नवीकरणीय ऊर्जाको विकासको र विस्तारका लागि सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको उल्लेख गरे । उक्त विधेयकले केन्द्रको संस्थागत क्षमता, जवाफदेहिता र लगानी परिचालनमा सुधार ल्याउने मन्त्री श्रेष्ठको विश्वास छ । मन्त्री श्रेष्ठले उनले हरित जलवायु कोषबाट नेपालले पहिलो प्रत्यक्ष पहुँच निकायको मान्यता प्राप्त गर्नु तथा कार्बन व्यापार र जलवायु वित्तमा केन्द्रको आवद्धता विस्तार हुनु महत्वपूर्ण उपलब्धी भएको समेत बताए । उनले तीन दशकको अवधिमा केन्द्रले प्राप्त गरेको उपलब्धिबाट मात्र सन्तुष्ट हुने आधार नरहेको भन्दै वैकल्पिक उर्जाको प्रवद्र्धन र उपयोगमा जोड दिनुपर्ने बताए । उनले ऊर्जा सुरक्षालाई उत्पादनको परिणामबाट मात्र नभई स्रोतको विविधिकरण र ऊर्जा उपयोगको उत्पादकत्वबाट समेत हेर्नुपर्नेमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिस्रीबीच भेटवार्ता
Latest NewsJust now

अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिस्रीबीच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिस्रीबीच बुधबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।  भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु ... ...

नेपालखबर
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयले बनायो टोली
Latest NewsJust now

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयले बनायो टोली

शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा महाशाखाका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा ४ सदस्यीय टोली गठन गरेको हो । ...

कान्तिपुर
सरकारले डा.गोविन्द केसीसँग वार्ता गर्न गठन गर्‍यो चार सदस्यीय टोली
Latest NewsJust now

सरकारले डा.गोविन्द केसीसँग वार्ता गर्न गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा। डा। गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्यसचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखाका […] ...

लोकपथ
संरक्षणसँगै जीविकोपार्जनमा जोड
Latest NewsJust now

संरक्षणसँगै जीविकोपार्जनमा जोड

काठमाडौं।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताएकी छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४७औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले संरक्षण र विकासलाई परिपूरक बनाउँदै स्थानीय समुदायलाई संरक्षणको नेतृत्वकर्ता बनाउनु पर्ने बताइन्। उनले नेपालका १३ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा शिकार आरक्ष, ६ संरक्षण क्षेत्र ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play