काठमाडौं । एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रुपमा आयात गर्ने विभिन्न ब्राण्डका २६ युनिट विद्युतीय गाडी ईभी ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले धनतेरसको अवसर पारेर स्काईवेल, जीली र बिएडब्ल्यू ईभी ग्राहकलाई हस्तान्तरण गरेको हो । एलआरआर ग्रुपका अनुसार स्काईवेलका १० युनिट ईभी शुक्रबार एकैदिन ग्राहकलाई हस्तान्तरण गरिएको छ । यसैगरी, बिएडब्लयू ई७ प्रो ८ युनिट पनि शुक्रबारै हस्तान्तरण गरिएको छ । यसैगरी, कम्पनीले जीलीका ८ युनिट पनि धनतेरसकै अवसरमा हस्तान्तरण गरिएको जनाएको छ । यसरी एलआरआर ग्रुपले तिहार अन्तर्गतको धनतेरसको उपलक्ष्यमा २६ युनिट ईभी हस्तान्तरण गरेको हो । अब लक्ष्मी पूजाको दिन पनि केही गाडीहरु हस्तान्तरण हुने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि नै बुकिङ गर्ने ग्राहकहरुलाई प्राथमिकतामा राखेर गाडी उपलब्ध गराउन सुरु गरेको हो । नाडा अटो शो २०२६ र त्यस आसपास गाडी बुकिङ गर्ने ग्राहकहरुले अहिले क्रमश: गाडी पाउन थालेका छन् । The post एलआरआर ग्रुपद्वारा धनतेरसको अवसरमा स्काईवेलसहित २६ युनिट गाडी हस्तान्तरण appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एलआरआर ग्रुपद्वारा धनतेरसको अवसरमा स्काईवेलसहित २६ युनिट गाडी हस्तान्तरण

Read Complete Original Article
Published originally on कर्पोरट खबर






