एम्बुलेन्सबाट गाँजा बरामद

सुनसरी।सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टल बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए। इलाका प्रहरी कार्यालय दुहबी र सिआरभी दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा ना ४ च ६०६३ नम्बरको एम्बुलेन्सजाँच तथा खानतलासी गर्दा एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान भइरहेको छ भने एम्बुलेन्स छाडेर भागेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चाडपर्व आयो, बाढीमा बेपत्ता भएकाहरूको न लास भेटियो, न त सास
धनगढी । दसैँ आयो । तिहार पनि नजिकिँदै छ । गाउँघरमा चाडपर्वको रौनक सुरु भएको छ । सुदूरपश्चिमका केही परिवार चाडपर्वको रौनकबाट टाढा छन् । रसुवामा आएको बाढीमा बेपत्ता भएका आफ्ना... ...

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोसी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्... ...

पर्सामा २४ जना लागुऔषधसहित पक्राउ, ७५ लाखको अवैध सामान बरामद
जनकपुरधाम। पर्सा प्रहरीले असोज महिनामा अपराध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध सञ्चालन गरेको अभियानका क्रममा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले भन्सार छली गरी ल्याइएका करिब ७५ लाख ४४ हजार... ...

यस्तो छ यसपालिको विजया दशमीको टीकाको उत्तम साइत
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ। अंग्रेजी पात्रोअनुसार उक्त दिन अक्टोबर २१, २०२६ मा पर्छ। समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ। साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय उत्तम रहेको समितिले जनाएको छ। ...


