एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता

काठमाडाैँ । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमवार स्वदेश फर्किएकी छिन् । वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर सोमबार स्वदेश फर्किएकी हुन् । अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारी सम्बोधन गरेकी थिइन् । चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)ले आयोजना गरेको उक्त फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कुटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी भएका थिए । फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र एआईको सुरक्षित प्रयोगलगायत विषयमा भएको थियो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू भ्रमणमा भन्दा पनि सम्मेलनमा सहभागि हुने गएको बताइन् । उनले भनिन्, “सबै कुरा सञ्चारमाध्यममा आइ सकेको नै छ । यो भ्रमण भन्दा पनि जिजिआईको सम्मेलन हो । त्यसमा भाग लिन म गएको हो । अनि त्यहाँ बोलेको कुरा त लिखित वक्तव्य नै जारी भएको छ । चाहिने कुरा त्यतैबाट हेर्न मिल्छ ।” एमाले वरिष्ठ नेता भएवपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

‘अर्नब’ चक्रवात ‘अति शक्तिशाली’ हुने सम्भावना, सतर्कता अपनाउन प्राधिकरणको ८ बुँदे सुझाव
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अर्नब’ चक्रवात अति शक्तिशाली हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागबाट आज जारी पोष्ट मनसुन सम्बन्धी विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना छ। प्राधिकरणका अनुसा... ...

ठूलो पर्दामा एनपीएल हेर्न विराटनगरको पुरानो गुद्रीमा क्रिकेटप्रेमीको भीड (फोटो फिचर)
विराटनगर। विराटनगरको पुरानो गुद्रीस्थित खाली मैदानमा ठूलो पर्दामार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण हेर्न क्रिकेटप्रेमीको भीड लागेको छ। प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत सोमबारदेखि सुरु भएको खेल हेर्न सर्वसाधारण मैदानमा भेला भएका हुन्। उद्घाटन खेलमा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको प्रत्यक्ष प्रसारण ठूलो पर्दामा हेर्न पुगेका दर्शकले सामूहिक रूपमा खेलको आनन्द लिइरहेका छन्। क्रिकेटप्रेमीलाई सार्वजनिक ...

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
पाेखरा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन्। पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उहाँले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र... ...

गुल्मीमा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ घाइते
गुल्मी– गुल्मीको कालीगण्डकी गाउँपालिका- २ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोट हुँदै राक्सेतर्फ जाने क्रममा बा ०२२० नम्बरको स्कार्पियो सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका- २ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका- १० का ६० वर्षीय ...


