Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : दाहाल

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : दाहाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : दाहाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दामा सहकार्य हुनसक्ने भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएको दाबी गरे। उनले दुई दलको राजनीतिक चरित्र फरक रहेको बताए। पत्रकारका प्रश्नको जवाफ दिँदै दाहालले जनतामा माओवादीको अस्तित्वबारे भ्रम फैलाउन खोजिएको बताए। तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विभिन्न घटकका विचार र भावना नयाँ पार्टीमा समाहित भएको बताए। शान्ति प्रक्रियायता पार्टीका नाम परिवर्तन भए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ। एमालेसँगको भिन्नताबारे बोल्दै दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे। लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यासविपरीत भएको टिप्पणी गर्दै उनले आफूहरू भ्रष्टाचारविरुद्ध लडिरहेको र तत्कालीन सत्तापक्षले भ्रष्टाचारको संरक्षण गरेको आरोप लगाए। यद्यपि, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकारको रक्षाका लागि आवश्यकताअनुसार जोसुकैसँग संवाद र सहकार्य गर्न सकिने उनले स्पष्ट पारे। तर त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनको भनाइ छ। एमालेसँग एकताका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक रहेको उनले बताए। दाहालले माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै यो विघटन नभई रूपान्तरण भएको बताए। नामभन्दा काम महत्त्वपूर्ण रहेको भन्दै उनले सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा राजनीतिक दुर्घटना निम्त्याउन सक्ने भन्दै आफूहरूले पहिल्यै सचेत गराएको उनको भनाइ छ। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जुनसुकै दलसँग सहकार्य गर्न तयार रहेको उनले दोहोर्‍याए। सामाजिक सञ्जाल र नयाँ प्रविधिको विकाससँगै कम्युनिस्ट आन्दोलनको भविष्यमाथि उठाइएका प्रश्नबारे दाहालले २०४६ सालको जनआन्दोलनपछि पनि यस्तै निराशाजनक भाष्य निर्माण गरिएको बताए। आलोचना र नकारात्मक प्रचारमा अल्झिनुभन्दा ऐतिहासिक लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाइ छ। उनले कम्युनिस्ट आन्दोलनलाई पुनः नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा  (तस्बिरहरु)
ताजा खबरJust now

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा  (तस्बिरहरु)

ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि,... ...

रातोपाटी
कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश
ताजा खबरJust now

कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश

बडादसैँको समापन हुने दिन र कार्तिक स्नान सुरु हुने अघिल्लो दिन आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा हुन्छ । कार्तिक महिनाको पूर्णिमालाई ‘कार्तिक पूर्णिमा’, ‘त्रिपुरारी पूर्णिमा’ वा ‘देव दीपावली’ भनिन्छ ।... ...

रातोपाटी
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
ताजा खबरJust now

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी अनुभवी टी–२० खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट […] ...

लोकपथ
नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ
ताजा खबरJust now

नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play